धनगढी पोष्ट http://dhangadhipostnews.com धनगढी पोष्ट - धनगढी पोष्ट en-US hourly 1 Copyright 2023 Fri, 22 Sep 2023 07:12:12 +0545 सेती अस्पतालमा तीन महिनामा  परिवर्तनको अनुभुति दिलाउँछौ : मुख्यमन्त्री शाह http://dhangadhipostnews.com/news/4514 Thu, 21 Sep 2023 23:01:33 +0545 http://dhangadhipostnews.com/news/4514 सरकार बनेको आठ महिनापछि मुख्यमन्त्री शाहले अस्पतालका बिभागीय मन्त्री सामाजिक बिकास मन्त्री झपट बोहरा र भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवा सहित अस्पतालको अनुगमन गरेका हुन् । मुख्यमन्त्रीको टोलीले अस्पतालका सबै बिभाग र नया बनिरहेको भवनको अनुगमन गर्नुका साथै परिक्षणका लागि लाइनमा लागेका बिरामीहरुसँग पनि कुराकानी गरेको थियो । धनगढी सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले अबको तीन महिना भित्रमा नै सेती प्रादेशिक अस्पताल धनगढीमा परिवर्तनको अनुभुति दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् सेती  प्रादेशिक अस्पतालको बिहीवार अनुगमनपछि मुख्यमन्त्री शाहले  अस्पताललाई  सुधार गरेर लैजान सरकार प्रतिवद्ध रहेको बताएका हुन्

 ‘तीन महिनाभित्रमा केही परिवर्तन सकेमा हामीलाई माला लगाउनु होला अस्पतालको अवलोकनपछि आयोजित स्वागत  कार्यक्रममा मुख्यमन्त्री शाहले भने  ‘केही काम गरेपछि मात्र माला लगाउनुहोला  भनेर नै अहिले माला नलगाएका हौै

 स्वागत कार्यक्रममा अस्पतालले मुख्यमन्त्री, सामाजिक बिकास मन्त्री भौतिक पुर्वाधार बिकास मन्त्रीलाई मालाले स्वागत गर्ने कार्यक्रम रहेको थियो तर मुख्यमन्त्री शाहले अहिले माला नलगाउने भनेपछि माला लगाइएको थिएन

 सरकार बनेको आठ महिनापछि मुख्यमन्त्री शाहले अस्पतालका बिभागीय मन्त्री सामाजिक बिकास मन्त्री झपट बोहरा भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवा सहित अस्पतालको अनुगमन गरेका हुन् मुख्यमन्त्रीको टोलीले अस्पतालका सबै बिभाग नया बनिरहेको भवनको अनुगमन गर्नुका साथै परिक्षणका लागि लाइनमा लागेका बिरामीहरुसँग पनि कुराकानी गरेको थियो

सो क्रममा परिक्षणका लागि अस्पताल आएकाहरुले तीन घण्टादेखि लाइनमा लागे पनि परिक्षणको पालो नआएकोप्रयोगशालामा पालो मिचेर आफ्नालाई चाडो परिक्षण गराइएकोबिमाको औषधी नपाइएको लगायतका गुनासा गरेका थिए

 मुख्यमन्त्री शाहले सेती अस्पतालको ओएनएम बनाएर  अस्पताललाई चुस्तदुरुस्त बनाइने समेत बताए एकैचोटी धेरै सुविधा निद नसके पनि पहिले सेती अस्पतालको ओएनएम बनाएर काम अघि बढाउँछौ मुख्यमन्त्री शाहले भने  ‘त्यसपछि प्रदेशका अरु अस्पतालहरुको पनि ओएनएम गरेर अगाडी बढाइनेछ

 सेती अस्पतालमा जनशक्ति व्यवस्थापन गर्नु पनि आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले त्यसतर्फ पनि सबै लाग्नु पर्ने बताए मुख्यमन्त्री शाहले अस्पतालले पनि परिवर्तनको प्रत्याभुति जनतालाई दिलाउन आवश्यक रहेको बताए सरकारले गर्न सक्ने काम गर्छ मुख्यमन्त्री शाह भनेचिकित्सकहरुले पनि बिरामीहरुसँग राम्रो व्यवहार गर्नुपर्छ चिकित्सकको बिरामीहरुसँग गरिने राम्रो व्यवहारले  पनि बिरामीहरुको आत्मबल बढ्छ

 भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवाले  सेती अस्पताललाई प्राथमिकता दिएर सरकारले सुधारको काम गर्ने बताए   सेती अस्पताल हरेक चुनावमा राजनितीक मुद्धा बन्ने गरे पनि सुधारको प्रयास कसैले नगरेको उल्लेख गर्दै भौतिक बिकास मन्त्री देउवाले वर्तमान सरकारले सुधारको काम अघि बढाउने बताए

 प्रदेश सरकारले शिक्षा स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्नुपर्छ भनेर प्राथमिकता दिएको अध्ययनको लागि समिति समेत बनाएको देउवाले बताए

सेती अस्पतालको प्रादेशिक अस्पतालको बोर्ड मात्र लगाएर नहुने बताउँदै मन्त्री देउवाले सुविधा पनि बढाएर लैजानु  पर्ने बताए

 सेती अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर शाहले अस्पतालको गुणस्तर बृद्धि गर्न प्रदेश सरकारले पुर्वाधारमा सुधारका साथै स्वास्थ्यकर्मीहरुको प्रोत्साहन भत्ताको व्यवस्था गर्न आवश्यक रहेको बताए   स्वास्थ्यकर्मीहरुले पनि अस्पताललाई आफ्नै ठानेर गुणस्तरिय सेवा प्रवाहमा ध्यान दिन आवश्यक रहेको अध्यक्ष शाहले बताए

 सेती अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट शेर बहादुर कमरले बिहान देखि बजेसम्म बिरामीहरुको चाप हुने गरेको सीमित जनशक्तिका कारण त्यस समयमा गुणस्तरिय सेवा दिन समस्या रहेको बताए   ‘अस्पतालमा सीमित जनशक्ति छन् मेडिकल सुपरिटेन्डेन्ट कमरले भनेएकै पटक कामको दवाव हुन्छ   बीमा शुरु हुनु अघि बार्षिक ६० हजारले परिक्षण गर्ने गरेकोमा बीमा शुरु भएपछि बाािर्षक लाख ४० हजारले अस्पतालमा परिक्षण गराइरहेको भए पनि जनशक्ति अहिलेसम्म नथपिएको मेसु कमरले बताए

 

]]>
सेती प्रादेशिक अस्पतालको  चाडै ओएनएम गरेर २ शय बेडको बनाउँछौं : मन्त्री साउद http://dhangadhipostnews.com/news/4513 Thu, 21 Sep 2023 22:30:37 +0545 http://dhangadhipostnews.com/news/4513 अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गदै मन्त्री साउदले बताए । धनगढी सुदुरपश्चिमका सामाजिक बिकास मन्त्री झपट साउदले  सेती प्रादेशिक अस्पतालको ओएनएन गरेर अस्पताल  व्यवस्थापनको काम गरिने बताएका छन्   अस्पतालको अवलोकपनपछि सामाजिक बिकासमन्त्री साउदले  अस्पताल शय बेडको संचालन गरिने समेत बताए

अस्पतालको ओएनएम नहुदा जनशक्ति व्यवस्थापनको काम हुन सकेको छैन अस्पतालले आयोजना गरेको  स्वागत कार्यक्रममा  सामाजिक बिकासमन्त्री  साउदले भने  ‘ समय  तोक्दैन, तर छोटो समयमा नै अस्पतालको ओएनएम गरेर टुंग्याउँछौं ओएनएम गरेर अस्पतालालई दूई शय बेडको बनाइने बताउँदै सामाजिक बिकास मन्त्री साउदले भने  ‘शय बेडका नै बनाउन नसके पनि अहिलेको भन्दा बढी अवश्यक बनाउँछौ

 अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गदै मन्त्री साउदले भनेप्रोत्साहन भत्ता यो बर्ष कम्तिमा ८० प्रतिशत पुरयाउँछौं   अस्पतालमा सुधार भएको तपाईहरुले देखाउनु पर्छ

गत बर्ष पनि प्रोत्साहन भत्ता दिइएको तर प्राविधिक कारणले आर्थिक बर्षको अन्त्यमा मात्र दिइएको मन्त्री साउदले बताए

 सेती अस्पतालबाट बिरामीहरुलाई अन्यत्र  पठाउन अस्पताल परिसरमा नै एजेन्ट खटिने गरेको आफुले सुन्ने गरेको  मन्त्री साउँदले बताए   ‘बाहिरका अस्पतालमा जानुस् भनेर संकेत गर्ने मान्छे सेती अस्पतालको लाइनमा नै हुन्छन् भन्ने सुनेको छु तर त्यस्तो होइन भन्ने मलाई बिश्वास    मन्त्री साउँदले भने  ‘यदि त्यो साचो हो भने जोसुकै भए पनि क्षम्य हुदैन   

अस्पतालमा ट्वाइलेट पनि फोहर हुने गरेको बताउँदै मत्री साउदले ट्वाइल्ट सफा गरेर अस्पताल सुधारको काम शुरु गर्न निर्देशन दिए

]]>
सेती अस्पतालको स्तरोन्नति र जनशक्ति व्यवस्थापन गर्न सामाजिक समितिको निर्देशन http://dhangadhipostnews.com/news/4512 Thu, 21 Sep 2023 22:24:36 +0545 http://dhangadhipostnews.com/news/4512 समितिले सामाजिक बिकास मन्त्री झपट साउदलाई बैठकमा बोलाएर अस्पतालको ओएनएम गरेर स्तरोन्नति गर्न, आवश्यक जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिएको छ । धनगढी सुदुरपश्चिम प्रदेश सभाको सामाजिक समितिले सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन बिरामी  बाहिर पठाउने काम रोक्न सामजिक बिकास मन्त्री झपट साउदलाई निर्देशन दिएको

सामाजिक समतिको बिहीवार बसेको बैठकले अस्पतालको व्यवस्थापकीय सुधार गरि सेवा प्रवाहमा गुणस्तरियता कायम गर्न अस्पताल व्यवस्थापनलाई समेत निर्देशन दिएको

समितिले सामाजिक बिकास मन्त्री झपट साउदलाई बैठकमा बोलाएर अस्पतालको ओएनएम गरेर स्तरोन्नति गर्न, आवश्यक जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिएको समितिका सदस्य धर्मराज पाठकले बताए सेती अस्पतालको २०४८ मा ओएनएम भएको हो, त्यसपछि भएको छैन   प्रदेश सभाको सामाजिक समिति सदस्य पाठकलेत्यसैले अस्पतालको सुधार सेवा बिस्तारका  लागि ओएनएम निर्माण सहितका नितीगत कार्य गर्न  समितिले निर्देशन दिएको

समितिका सभापति हिरा सार्कीको अध्यक्षतामा बसेको बैठकले अस्पतालको जनशक्ति व्यवस्थापन गर्न, नया बनेको भवन  हस्तान्तरण गराएर सेवा प्रवाहमा प्रभावकारिता ल्याउन समेत निर्देशन दिएको   समितिले सेती अस्पतालबाट बिरामीलाई बाहिर  बिक्री गरिने गरेको भन्दै सो कार्य तत्काल रोक्न मन्त्री साउदलाई निर्देशन दिएको

 समितिको सोही बैठकले सेती अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर शाह मेसु शेर बहादुर कमरलाई  अस्पतालको व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिएको   समितिका सदस्य पाठकका अनुसार अस्पताल परिसरमा सरसफाई गर्नटिकट काट्न परिक्षणाका लागि हुने भीडभाड व्यवस्थित गर्न समेत निर्देशन  दिएको 

  अस्पतालमा परिक्षणमा  जेष्ठ नागरिकलाई प्राथमिकता दिन, प्रयोगशाला परिक्षणमा हुने ढिलाई महिनौसम्म अप्रेसनको पालो नआउने कुराको व्यवस्थापन गर्न समेत समितिले निर्देशन दिएको पाठकले बताए

 

]]>
बालबालिका सम्वन्धी  ऐनको समीक्षात्मक प्रतिवेदन सामाजिक समितिलाई हस्तान्तरण http://dhangadhipostnews.com/news/4511 Thu, 21 Sep 2023 22:16:10 +0545 http://dhangadhipostnews.com/news/4511 युएनडीपीको संसद सहयोग परियोजनाकोे सहयोगमा तीन चरणका अन्तरक्रियापछि प्राप्त सुझावका आधारमा बिज्ञको राय सहितको प्रतिवेदन खप्तड रिसर्च सेन्टरले बुझाएको हो । धनगढी खप्तड रिसर्च एण्ड डेभलेपमेन्ट सेन्टर प्रा.लिले सुदुरपश्चिम प्रदेशको बालबालिका सम्वन्धी  ऐन २०७७ को समीक्षात्मक प्रतिवेदन प्रदेश सभाको सामाजिक समितिलाई बुझाएको

 सामाजिक बिकास मन्त्री झपट साउदको सहभागितामा खप्तड रिसर्च एउढठ डेभलपमेन्ट सेन्टरले प्रतिवेदन  सामाजिक समितिलाई बिहीवार बुझाएको हो

  युएनडीपीको संसद सहयोग परियोजनाकोे सहयोगमा तीन चरणका अन्तरक्रियापछि प्राप्त सुझावका आधारमा बिज्ञको राय सहितको प्रतिवेदन खप्तड रिसर्च सेन्टरले बुझाएको हो

 प्रतिवेदनमा प्रदेशको बिशिष्ट आवश्यकताका आधारमा बालबालिकाको अधिकार संरक्षणका लागि बिशेष व्यवस्था गर्नु पर्ने, बालगृहको नियमित अनुगमन गर्नु पर्ने, बालबालिकाको सर्वोत्तम हितका लागि  मौलिक हकको कार्यान्वयनका लागि बिशेष व्यवस्था गर्नु पर्ने सुझाव रहेको खप्तड रिसर्च सेन्टरका  प्रवनध निर्देशक झंकर कुवरले बताए

कुवरका अनुसार प्रतिवेदनमा ऐनले व्यवस्था गरेको समितिको गठन गरेर क्रियाशील गराउनु पर्ने आवश्यकता समेत औल्याएको

सो अवसरमा सामाजिक बिकास मन्त्री झपट साउदले प्रतिवेदनको अध्ययन गरेर कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे मन्त्री साउदले समिति गठनको प्रयास गर्ने समेत बताए

 सामाजिक समितिका सभापति हिरा सार्कीले समितिले प्रतिवेदनको अध्ययन गरेर कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिने बताए

 समितिका सदस्य धर्मराज पाठकले  बिषयत मन्त्रालयले कानुनको समीक्षा गर्नु पर्ने कानुनले सिर्जना गरेको दायित्वका आधारमा बजेट बिनियोजन गर्नु पर्ने बताए  

खप्तड रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरले संसद सहयोय परियोजनाको सहयोगमा

 

 

]]>