अनलाईन परिक्षाको तयारी थाल्नु‘ स्वागतयोग्य कदम’ व्यवस्थापनमा ध्यान दिनुपर्दछ

अनलाईन परिक्षाको तयारी थाल्नु‘ स्वागतयोग्य कदम’ व्यवस्थापनमा ध्यान दिनुपर्दछ

धनगढी

 त्रिभुवन विश्वविद्यालयले समेत अनलाईन कक्षा तथा परिक्षाको कल्पना गर्न नसकेका बेला सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको यस्तो कदमलाई यहाँका शिक्षाविद तथा जानकारहरुले स्वागतयोग्य कदम भन्दै प्रशसंसा गरेका छन् ।

 सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पुर्व रजिष्टार डाक्टर हेमराज पन्तले निकै चुनौतीका बावजुत पनि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले थालेको अनलाईन परिक्षा पद्धति सकारात्मक भएको बताए । कोरोना संक्रमण कहिले र कसरी समाप्त हुन्छ भन्ने आँकलन कसैले गरेको छैन पन्तले भने– ‘यस्तो अवस्थामा शिक्षालाई कुण्ठित गरेर राख्दा विद्यार्थीलाई ठुलो नोक्सानी हुन्छ,

 कक्षा पठनपाठनको विकल्प खोज्नै पर्छ, जुन सुदूरपश्चिमाञ्चलले थालनी गरेको छ, यसको सिको देशभरका शैक्षिक संस्थाले गर्नु पर्दछ ।’ अनलाई पद्धतिबाट विदार्थीको परिक्षा सञ्चालन गर्दा आइपर्ने चुनौतीका बारेमा भने गम्भीर तयारी गरिनु पर्ने पन्तले बताए ।

‘ सुदूरपपिश्चमका पहाडी जिल्लामा अझै इन्टरनेटको पहुँच छैन पन्तले भने– ‘यस्तो अवस्थामा विकटमा बस्ने विद्यार्थीलाई कसरी समेट्ने भन्ने बारेमा तयारी नभए समस्या हुन सक्दछ, विश्व विद्यालयले त्यतातर्फ सोच्नु आवश्यक छ ।

   सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख झंकर विष्टले सवै विद्यार्थीलाई समेट्न सक्नु पर्ने बताए । सुदूरपश्चिमाञ्चल विश्व विद्यालयले ल्याएको नीति निकै सान्दर्भिक छ महाशाखा प्रमुख विष्टले भने– ‘त्यसलाई व्यवहारिक रुपमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने बारेमा बढी ध्यान केन्द्रित हुन आवश्यक छ, त्यसका लागि सुक्ष्म तयारी र परामर्श हुन आवश्यक छ ।

 विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण लामो समयसम्म कक्षामा राखेर विद्यार्थीलाई पढाउन र पढाईको मुल्याङ्कन गर्न सक्ने अवस्था नभएपछि सुदूरपश्चिमाञ्चल विश्व विद्यालयले अनलाईन पद्धतिबाटै परिक्षा सञ्चालन गर्न लागेको हो ।

 उपकुलपति प्राध्यापक डाक्टर जोशीले अनलाईन विधिबाट परिक्षा सञ्चालन गर्न चुनौती भए पनि असम्भव नभएको बताए । अव विद्यार्थीलाई घरमै थन्काएर राख्न सकिदैन उपकुलपति जोशीले भने– ‘लकडाउन खुल्ला र कक्षा सञ्चालन गरौंला भन्ने पनि छैन, यस्तो अवस्थामा विद्यार्थीलाई वैकल्पिक तरिकाले शिक्षा प्रदान गर्नैपर्छ, हामीले त्यसकै तयारी गरेका हौं ।

 उनले परिक्षामा सहभागी हुने सवै विद्यार्थीलाई सम्पर्कमा ल्याएर परिक्षाको तयारी गर्न जानकररी गराई सकेको बताए । इन्टरनेटको सुविधा नभएका विद्यार्थीलाई सहजता प्रदान गर्न स्थानीय तहसंग समन्वय गरेका छौं उपकुलपति जोशीले भनेविद्यार्थीको पहुँचमा रहेको विद्यालयसंग पनि सहकार्य गर्ने प्रयत्न गरिरहेका छौं ।

 सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि सञ्चालन हुने गरी स्नातक तह तेस्रो शत्रका सवै, इन्जिनियरिङको स्नातक तह पहिलो र तेस्रो शत्र र स्थानीय तह कृषि विज्ञान बिषयका पहिलो र तेस्रो शत्रका परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।