निर्वाचनको सुनिश्चितताको माग

नेपाल निजामती कर्मचारी युनियन(संघ)ले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

नेपाल निजामती कर्मचारी युनियन(संघ)ले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

धनगढी

  नेपाल निजामती कर्मचारी युनियन(संघ)ले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन सुनिश्चित गर्न माग गरेको छ ।

  आज नेपाल निजामती कर्मचारी युनियन(संघ) प्रदेश कार्यसमिति सुदूरपश्चिम प्रदेशल र जिल्ला कार्यसमिति कैलालीले प्रधानमन्त्रीलाई छुट्टा छुट्टै ज्ञापन पत्र बुझाई निर्वाचन स्थगित गरेकोमा आपत्ती प्रकट गर्दै निर्वाचन सुनिश्चितताको माग गरेको   हो ।

  टे«ड युनियनको दोस्रो निर्वाचन यहि असोज २४ गते तोकि सम्पुर्ण तयारी पुरा भएको अबस्थामा सरकारले यहि ६ गतेको मन्त्रीपरिषदको बैठकबाट स्थगित गरेको प्रति युनियन(संघ) ले आपत्ति जनाउँदै मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

 ज्ञापन पत्रमा पेशागत संगठनका रुपमा आफ्ना प्रतिनिधि चयन गर्ने अवसर आउँदा आम कर्मचारी उत्साहित भई तयारी रहेको अबस्थामा निर्वाचन रोकिदा आम कर्मचारी दुखित भएका उल्लेख छ । निर्वाचन रोकिनु विधिको शासन विपरित र लोकतान्त्रिक मुल्य मान्यता विपरित कार्य  रहेको उल्लेख गरिएको छ ।

 ज्ञापन पत्रमा अगाडी भनिएको छ निर्वाचनको बिकल्प फेरि पनि निर्वाचन भएकोले लोकतान्त्रिक मूल्य मान्यता र संस्कार अनुरुप अविछिन्न उत्तराधिकारवाला आधिकारिक ट्रेड युनियनको कानुनी कार्यकालसमाप्त भैसकेको अवस्थामा तुरुन्त निर्वाचन प्रकृया सुचारु गरी निर्वाचन मार्फत नै आधिकारिक ट्रेड युनियनको गठन गर्न युनियन(संघ) जोडदार माग गर्दछ ।

 ज्ञापन पत्र नेपाल निजामती कर्मचारी युनियन(संघ) सुदूरपश्चिम प्रदेश कार्यसमिति अध्यक्ष नारायण प्रसाद शर्माले मुख्यमन्त्री त्रिलोचन भट्ट र कैलाली जिल्ला अध्यक्ष खेमराज जोशीले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत बुझाएका हुन् ।