रोहित बने आइपियलमा ५ हजार रन पुरा गर्ने तेश्रो खेलाडी

रोहित बने आइपियलमा ५ हजार रन पुरा गर्ने तेश्रो खेलाडी

धनगढी

 इण्डियन प्रिमियर लिग आइपियलमा ५ हजार रनको आँकडा पार गर्ने खेलाडिको सूचिमा मुम्बइका कप्तान रोहित सर्माको नाम पनि दर्ता भएको छ ।

 रोहित शर्माले बिहीबार राती युयईमा सम्पन्न किङ्ग इलाभेन पञ्जाब संगको खेलमा व्यक्तिगत ७० रन जोडेका थिए । सो स्कोर संगै आइपियलमा ५ हजार रन पुरा गर्ने तेश्रो खेलाडीका रुपमा रोहितको नाम दार्ता भएको हो ।

 यस अघि रोयल च्यालेन्जरर्स ब्याङ्गलोरका कप्तान बिराट कोहली र चिन्नई सुपरकिङ्सका खेलाडी शुरेस रैनाले आइपियलमा ५ हजार रन पुरा गरेका थिए ।