दशैको भिड रोक्न धमाधम निषेधाज्ञा

दशैको भिड रोक्न धमाधम निषेधाज्ञा

धनगढी

 सुदूरपश्चिका बिभिन्न जिल्लामा दशैलाई लक्षित गर्दै धमाधम निषेधाज्ञा जारी गरिएको छ ।

 दशैमा भिडभाड हुँदा कोरोना संक्रमण थप फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयहरुले भिड तथा सामुहमा हुने कार्य रोक्न निषेधाज्ञा जारी गर्न थालेका छन् । शुक्रबार सम्म प्रदेशका ९ मध्य ४ जिल्लामा आंसिंक तथा पुर्ण निषेधाज्ञा जारी गरेका छन् ।

 निषेधाज्ञा जारी हुने जिल्लाहरुमा कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला रहेका छन् । ती मध्य कञ्चनपुर र बैतडीमा जिल्ला भर दशै, तिहार सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले दशै तथा तिहारलाई लक्ष्ति गरी निषेधाज्ञा जारी गरिएको बताए ।

 ‘कोरोना संक्रमण फैलने तरिकाका बारेमा सवै नागरिकलाई प्रयाप्त जानकार छ प्रमुख जिल्ला अधिकरी महतोले भने–‘तर कसैले पनि नियमको पालना गरेको देखिदैन, यस्तोमा निषेधाज्ञा जारी गर्नुको विकल्प छैन । 

 डडेल्धुरामा सदरमुकाम आसपास कोरोना संक्रमण फैलिएको भन्दै अमरगढी नगरपालिका८ कृतिपुर क्षत्र सिल गर्ने निर्णय गरिएको ।

 वडा नम्बर८ मा समुदाय स्तरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि समुदायस्तरमा थप कोरोना संक्रमण फैलन नदिन वडा सिल गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । उनले जिल्लाभर थप निषेभाज्ञा जारी गर्ने विषयमा पनि स्थानीय तहका जनप्रतिनिधी संग छलफल गर्ने तयारी भइरहेको बताए ।

 यसैगरी दार्चुला जिल्लाको सदरमुकाम क्षत्रमा अनिश्चितकालित निषेधाज्ञा जारी गरिएको छ ।

 सदरमुकाम संगै जोडिएको महाकाली नगरपालिका ४ र ५ मा एकैपटक ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण थप फैलिन नदिन अनिश्तिचत कालिन निषेधाज्ञा जारी गरिएको बैतडीकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी) ले बताइन् ।

 दशै नजिकिदै गर्दा बजारमा अनावश्यक भिड बढ्नथालेको र त्यसले कोरोना संक्रमण थप फैलन सक्ने देखिएकाले अर्को सुचना जारी नहुँदा सम्मका लागि निशेधाज्ञा जारी गरिएको सहायक प्रजिअ जोशीले बताइन् ।

 उनको भनाई अनुसार हाल जारी गरिएको निषेधाज्ञा दशै सम्मका लागि जारी रहन सक्ने छ । तर त्यसका लागि निर्णय भने भएको छैन । यसैगरी सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा समेत दशै लक्षित निषेधाज्ञा जारी गरिएको छ ।

 जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार विज्ञप्ति जारी गरी अति आवश्यक काम बाहेक बजारमा हिडडुल गर्न, सभा समारोह गर्न, तथा पुजा आज गर्न नपाइने उल्लेख गरेको छ । दशैँ तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला, जात्रा, उत्सव, पर्व, सांस्कृतिक तथा सामाजिक जमघट नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । कानूनको उल्लङघन गर्ने जो कोहीलाई पनि सङ्क्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानूनअनुसार कारवाही हुने जोशीले बताए ।

यस्तो छ प्रदेशमा कोरोना संक्रमणको अवस्था

 सुदूरपश्चिम प्रदेशमा हाल सम्म ८ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुने मध्य ७ हजार २ जना निकोभएर घर गएका छन् ।

सुदूरपश्चिममा हाल सक्रिय संक्रमितको संख्या १ हजार २ सय ९२ रहेको छ ।

कैलालीमा १०, बझाङमा २, बाजुरामा २, अछाममा २, कञ्चनपुर, डडेल्धुार र बैतडीमा १÷१ गरी १९ जनाको मृत्यु भएको छ ।