एलपिएलको पाँचौ संस्करण फागुन १५ देखी

एलपिएलको पाँचौ संस्करण फागुन १५ देखी

धनगढी

 विद्यालय स्तरमा सञ्चालन हुँदै आएको लिटल फ्लावर प्रिमियर लिग राष्ट्रिय यू १९ क्रिकेट प्रतियोगिताको ५ औं संस्करण आगामी फागुन १५ देखी २४ गते सम्म सञ्चालन हुने भएको छ ।

 नकआउट चरणमा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १२ विद्यलयको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता धनगढी स्थित संघिय प्रहरी इकाईको खेल मैदानमा सञ्चालन हुने आयोजक लिटल फ्लावर स्पोटस एण्ड इभेन्ट प्रालिका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

 विद्यालय स्तरमा रहेका खेलाडीको क्रिकेट खेल क्षमता अभिवृद्धि गरी तल्लो स्तरमा क्रिकेटको जग बलियो बनाउँन क्रिकट प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष शाहीले बताए । प्रतियोगिता बारेमा जानकारी दिन शनिबार पत्रकार सम्मेलन गर्दै शाहीले प्रतियोगितामा सहभागिता जनाउने विद्यालयको टोलीले हरेक टिममा २ जना यू १९ राष्ट्रिय खेलाडी राखन पाउने व्यवस्था गरिएको बताए ।

 गत बर्ष सम्म एक टिममा ४ जना सम्म यू १९ राष्ट्रिय खेलाडी राख्ने पाउने व्यवस्था भएपनि त्यसले विद्यालयका क्षमतावान खेलाडीलाई अवसरबाट वञ्चि हुने खेदिएपछि २ जना मात्रै राख्न पाउने व्यवस्था गरिएको उनले बताए ।

 प्रतियोगितामा खेलाडीको पुरस्कार राशीभने तत्काल घोषणा गरिएको छैन । मुख्य प्रायोजकको टुङ्गो नलागेका कारण तत्काल पुरस्कार राशीको घोषणा नगरिएको बताउँदै अध्यक्ष शाहीले अर्को कार्यक्रमको आयोजना गरी पुरस्कार राशीका बारेमा जानकारी गराइने बताए ।

 हालसम्म एलपिएलका लागि दोश्रो पुरस्कार राशीको प्रायोजन धनगढी स्थित गगुरुकुल एकेडेमीले गरेको छ । यसै गरी हस्पिटालिटी पाटनरमा इमेज होटल एण्ड लज, प्रायोजकमा हिमालन ह्वाइट हाउस काठमाण्डौं, निसर्ग अस्पताल धनगढी, दहाल पुस्तकपसल धनगढीको टुङ्गो लागेको अध्यक्ष शाहीले बताए ।

 प्रतियोगितमा सहभागिता जनाउने टिमले पुस मसान्त सम्म टिम दर्ता गराइसक्नु पर्ने छ ।

 एलपिएलको दोश्रो पुरस्कार राशीको प्रायोजना गरेको गुरुकुल एकेडेमीका प्रिंन्सिपल तथा एलपिएलका सल्लाहकार दिपक सुरीले आफु पनि क्रिकेट खेलाडी भएका कारण खेलमा थोरै भएपनि सहयोग गरिएको बताए । खेल अनुशासनको कडिहो सुरीले भने–‘यसले विद्यार्थीलाई अनुशासनको पाठ पनि सिकाउँछ, त्यसैले खेलमा सवैले सहयोग गर्नु पर्दछ ।