धनगढी
प्रधानमन्त्रीलाई प्रतिनिधि सभा बिगठन गर्ने अधिकार नभएको भन्दै पचण्ड माधव नेपाल पक्षधर नेपाल कम्युनिष्ट पार्टी कैलालीले प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत बिरोधपत्र बुझाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली कार्यकर्ताहरुलाई सम्वोधन गर्न धनगढीमै रहेको बेला प्रचण्ड माधव नेपाल पक्षधर नेपाल कम्युनिष्ट पार्टी कैलालीले प्रशासन मार्फत बिरोध पत्र बुझाएको हो ।
नेकपाका सुदुरपश्चिम प्रदेश सदस्य रमेश धामीले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ज्ञापन पत्र बुझाएका हुन ।
संविधानले पधानमन्त्रीलाई प्रतिनिधि सभा बिगठनको अधिकार दिएको छैन बिरोध पत्रमा भनिएको छ तथापि संविधानको सम्वन्धित धाराको पुनः अध्ययन गर्न भनेर सो धाराको प्रति पनि पठाएका छौं ।
प्रधानमन्त्री ओलीको पतिनिधि सभा बिगठनको बिरोधमा यसअघि प्रचण्ड माधव नेपाल पक्षीय नेकपाका कार्यकर्ताले धनगढीमा आगो बालेर बिरोध प्रदर्शन गरेका थिए ।