धनगढी
प्रधानमन्त्री केपि शर्मा ओलीले अहिले सम्म सुदूरपश्चिम प्रदेशलाई विभिन्न कारणले पछाडी पारिएको भन्दै आगामी दिनमा सुदूरपपिश्च प्रदेशमा विकासले तिब्रता पाउने दावी गरेका छन् ।
शुक्रबार धनगढीमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर बहु–उद्देश्य जलविद्युत आयोजना लगायका बहुप्रतिक्षित आयोजनाका काम तत्कालै अघि बढाइने आस्वासन दिए ।
उनले शारदा नदीबाट पानी झिकाएर दोधारा चाँदनीमा सिंचाई सुविधा पु¥याउन सहमति भएको बताए । यसै गरी गौरिफण्टा नाको स्तर उन्नती गर्न आगामी १४ तारिखमा परराष्ट्रमन्त्री भारत जाँदा सहमति जनाइने बताए ।
सेती लोकामार्ग निर्माणको काम अघि बढेकोमा महाँकाली करिडोरलाई तत्कालै अघि बढाइने आस्वासन बाँडे ।
त्यसैगरी दार्चुलाको छाङरुङमा गोरेटोबाटो निर्माण भइरहेको बताउने ओलीले छिट्टै सो क्षत्रमा मोटरबाटो निर्माण गर्ने आस्वासन बाँडे ।
सुदूरपश्चिम प्रदेशका शहरमा अण्डर ग्राउण्ड विद्युतिकरण गरी शहरलाई स्वच्छ बनाउने कार्यक्रम छिट्टै लागु गर्ने आस्वासन बाँडेका उनले आफ्ना कुरा जनताले बिसर्न नपाउँदै आफुले भनेका काम पुरा हुने अर्को गतिलो आस्वासन दिएका छन् ।
उनले सुदूरपश्चिममको बैतडीमा रासायनिक मल निर्माण गर्ने कच्चा पदार्थ भेटिएका कारण सो क्षत्रमा उद्योग स्थापना गर्ने तयारी भइरहेको बताए । यसैगरी कञ्चनपुरको दैजि स्थित छेलामा औद्योगिक ग्राम निर्माण कार्य समेत अघिबढेको बताए ।
प्रधानमन्त्री ओलीले सवै क्षत्रको एकैसाथ विकास हुने भएपछि सुदूरपश्चिम प्रदेश देशभरकै सवै प्रदेश भन्दा अग्रणी बिकास गर्ने प्रदेश बन्ने ठोकुवा गरे ।