प्रधानमन्त्रीले ठगे सुदूरपश्चिमेलीलाई

परराष्ट्र मन्त्रीको भारत भ्रमणमा गौरिफण्टा नाकाको विषय नै उठेन

परराष्ट्र मन्त्रीको भारत भ्रमणमा गौरिफण्टा नाकाको विषय नै उठेन

धनगढी

 गत पुस २४ नेकपा ओली समुहको सुदूरपश्चिम स्तरिय जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री केपि शर्मा ओलीले सुदूरपश्चिमेलीलाई एउटा मिठो सपना देखाएर गए

 ‘सुदूरपश्चिमको व्यापार लाई सहज बनाउँन परराष्ट्र मन्त्रीको आसन्न भारत भ्रमणमा गौरिफण्टा नाकाको स्तरउन्नती गर्ने बारेमा ठोस सहमति हुनेछ यो उद्घोष प्रधानमन्त्री केपि शर्मा ओलीले सुदूरपश्चिममै आएर हजारौं नागरिकको भिडमा गरेका थिए

 तर प्रधानमन्त्रीले खुल्लमखुल्ला सुदूरपश्चिमेलीलाई ठगेका छन् हजारौं नागरिकको भिडमा भाषण गर्दै परराष्ट्र मन्त्रीको भारत भ्रमण रहेको जानकारी नै नभएका वेला प्रधानमन्त्री केपि शर्मा ओलीले माघ गते प्रदिप ज्ञावाली भारत जाने जानकारी  गराए सोही भ्रमणले दुविधामा रहेको गौरिफण्टा नाकाको स्तर उन्नती गर्दै सुदूरपश्चिमको व्यापारलाई सहजता दिलाउने मिठो आश्वासन बाँडेर फर्किए

 तर परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीले भारत भ्रमण गरेर स्वदेश फर्किसक्दा गौरिफण्टा नाकाका बारेमा भने कतै उल्लेख भएको छैन प्रधानमन्त्रीले खुला भाषणमा गौरिफण्टा नाकाको स्तर उन्नती गरेर सुदूरपश्चिमलाइ सम्वृद्धि दिलाउने उद्घोष गर्दा परराष्ट्र मन्त्रीको भारत भ्रमण सकिदा सो विषयका बारेमा कतै नखुलाएपछि सुदूरपश्चिमेली प्रधानमन्त्री प्रति रुष्ट बनेका छन्

प्रधानमन्त्री जयूले बोलेको कुरा यथार्थमा कतै समेटिएको पाइदैन नेपाल उद्योग बाणिज्य महाँसंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटीले भने–‘प्रधानमन्त्रीले सुदूरपश्चिमेलीलाई ठगेका छन्

 ‘गौरिफण्टा नाका सुदूरपश्चिमको सम्वृद्धि संग जोडिएको नाका हो उनले भने–‘यस नाकाको स्तरउन्नती गर्न हामीले बर्षै देखी केन्द्रमा धाउँदै आएका छौं, तर राज्यले कहिल्यै सुनेको छैन

 सन २०१७ मा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण हुँदा ४६ बुदे सम्झौता भएको थियो जसको ३३ नम्बर बुदामा गौरिफण्टा नाकालाई स्तरउन्नती गर्दै नाकालाई अन्तराष्ट्रिय स्तरको बनाउने उल्लेख

 २०७४ मंसिरमा सम्पन्न निर्वाचन पछि ओली नेतृत्वको सरकार गठन भएसंगै भारतले दुधुवा नेशनल पार्क भएका कारण जनावरको आवतजावतमा असर पर्ने भन्दै गौरिफण्टा नाकाको स्तर उन्नती नगर्ने उल्लेख गरेको थियो

किन आवश्यक गौरिफण्टा नाकोको स्तर उन्नती

 सुदूरपश्चिममा हाल सम्म भारत संग व्यापार गर्ने स्तरिय सडक मार्ग नहुँदा यस क्षेत्रमा उद्योग स्थापना नै हुन सकेका छैनन्  

 यस क्षेत्रमा पाइने कच्चा पदार्थ उत्खनन् तथा निर्यात समेत हुन सकेको छैन किनकी उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात तथा निर्यात गर्दा भैरहवा विरगञ्ज नाका धाउनुपर्ने बाध्यता जसका कारण उद्योगीलाई लागत खर्च बढ्ने गरेको नेपाल उद्योग बाणिज्य महाँसघं सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटी बताउँछन्

 ‘सुदूरपश्चिममा उद्योग स्थापनाको प्रचुर सम्भावना उनले भने–‘तर हामी संग स्तरिय अन्तराष्ट्रिय सीमा नाका छैन, जसका कारण यहाँको सम्भावना त्यसै ओइलाएको , धेरै व्यापारीले चाहेर पनि लगानी गर्न सकिरहेका छैनन्

 त्यती मात्रै हैन गौरिफण्टा नाका चीनको प्रशिद्ध धार्मिक क्षेत्र मानसरोबर संग जोडिएको छोटो नाका हो यदी गौरिफण्टा नाकालाई स्तर उन्नती गरेर बझाङको ताक्लाकोट हुँदै उरै भञ्ज्याङ सम्म सडक निर्माण गर्न सकेको खण्डमा भारतबाट मानसरोबर जाने तिर्थयात्रीले यही बाटो प्रयोग गर्न सक्दछन्

  जसले यहाँका होटल व्यवसायीलाई प्रत्यक्ष फाइदा हुन सक्दछ भने देशको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने देखिन्छ

  त्यसैगरी चीन भारतको विचमा सुदूरपश्चिम प्रदेश व्यापारिक हव बन्ने उपयुक्त मार्ग बन्ने प्रचुर सम्भावना समेत रहेको

 तर यस विषयमा राज्यको कहिल्यै ध्यान नगएको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बम बताउँछन् गौरिफण्टा नाका सुदूरपश्चिमको सम्वृद्धिसंग जोडिएको नाका हो उनले भने–‘यसको स्तर उन्नती गरेमा सुदूरपश्चिम मात्र नभई देशको आर्थिक सम्वृद्धिमा ठुलो टेवा पुग्न सक्दछ

 गौरिफण्टा नाकाको स्तरउन्नती नहुँदा सुदूरपश्चिमको आर्थिक सम्वृद्धि मुल ढोका नै बन्द भए जस्तै भएको उनले बताए

 ‘सुदूरपश्चिम संग सीमाना जोडिएका भारतका दुई वटा प्रदेशमा मात्रै ४० करोड भन्दा बढी जनसंख्या उनले भने–‘उनिहरु मध्य प्रतिशत नागरिकले मानसरोबर नाका जाने मार्ग गौरिफण्टा रोजेमा सुदूरपश्चिम कायापलट हुन सक्दछ, तर केन्द्र सरकारले हामीलाई ठग्दै आएको