धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

युवाका लागि कोरोनाले शृजना गरेको अवसर

   कोभिड१९ को कहर जारी छ । यसको प्रभाव कहिलेसम्म रहन्छ र कति गहिरो हुन्छ भन्ने कुराको यकिन गर्न मुश्किल भएको छ । तीन महिना पहिले सरकार, हामी आम नागरिक कोभिडको प्रभाव र सकसका बारेमा जसरी सोचिरहेका थियौं । त्यो क्रमशः परिवर्तन हुदै गएको छ । पहिला हप्ता पन्ध्रको लक डाउन सोचियो । हुँदै जादा यो तीन महिना बढी तन्किसक्यो । पहिला घरमै बसेर जितिन्छ भन्ने लाग्थ्यो । अहिले घरमा बसेर मात्रै अब जीवन चल्दैन भन्ने निस्कर्ष निकालिएको छ । शुरुशुरुमा थोरै प्रभावित थिए, थियौं तर डर धेरै लाग्थ्यो । अहिले प्रभावित धेरै हुदै गएका छौं, तर डर हट्दै गएको छ । कोरोना सामान्य लाग्न थालेको छ ।

  कोरोना कहरको सबै भन्दा बढी प्रभाव मानिसको आर्थिक क्षेत्रमा परेको छ । त्यसपछि सामाजिक र सांस्कृतिक पक्षमा । न्युन आए भएका मानिसलाई दैनिक खान र जीवन चलाउनकै समस्या भएको छ । मध्यम र ठुला व्यवसायीलाई व्यवसायको क्षति कसरी कम गर्ने, व्यवसायलाई कसरी जोगाउने र शुरु गर्ने भन्ने चिन्ता छ । यो कहरमा सामान्य मानिसको दैनिक आमदानी घटेर जीवन चलाउन धौ धौ पर्नेछ भने मध्यम र ठुला व्यवसायीको व्यवसाय धान्न धौ धौ पर्नेछ । व्यवसाय संकटमा परेसँगै त्यहाँ आश्रित दैनिक आम्दानी गर्ने श्रमिक अरु जोखिममा परेका छन् । यसरी देश भित्र नै धेरैले रोजगारी गुमाउने र संकटमा जीवन धकेलिनेको संख्या बढ्ने पक्का छ ।

 कोभिडको कहर विश्वव्यापी भएको र श्रम बेच्न विदेश जाने नेपालीको अवस्था पनि राम्रो छैन । थोरै भाग्यवानीले मात्रै रोजगारी जोगाउलान् । तर धेरैले पुरै वा आंशिक रोजगारी गुमाउने छन् । आंशिक रोजगारी गुमाएका जसोतसो अडिए पनि तिनले परिवारलाई पठाउने पैसा घट्ने छ । पुरै रोजगारी गुमाएका केही आफ्नै श्रोत र क्षमतामा देश फर्केलान्, केहीलाई सरकारले नै उद्धार गर्नुपर्ने अवस्था छ । अप्ठ्यारोमा परेका सबैले सरकारसँग आशा गर्नु स्वभाविक हो । तर आपैm संकटमा धकेलिएको सरकारले धेरै केही गरेदेला भन्ने अवस्था छैन । त्यसैले अब के गर्ने भनेर सबैले सोच्ने र तदनुरुप कार्य गर्न आवश्यक छ ।

हामी सबैले गर्नै पर्ने काम M

हाम्रो व्यक्तिगत जीवनमा, परिवारमा र व्यवसायमा सामान्य अवस्थामा कति खर्च गरिरहेका छौं र त्यसमा के केमा कति कटौति गर्न सकिन्छ, त्यो थाहा पाउनु पर्छ र कटौति गर्न शुरु गर्नुपर्छ । 

‘वेस्टेज कम गर्ने, सामानको पुन प्रयोग गर्ने, आवश्यकताको सिमा भन्दा कम सामान खपत गर्ने । जस्तै M भान्सामा प्रयोग हुने खाद्यान्न,  तरकारी, मसला, इन्धन, पानी आदिको प्रयोगमा सचेतना मात्रै अपनाउदा पनि खर्च कम गर्न सकिन्छ । आफुले प्रयोग गर्ने कपडा, जुत्ता, घरायसी समान आदिको अधिकतम् प्रयोग र संरक्षण गर्दा पनि खर्च बचाउन सकिन्छ ।

भान्सा कोठा (किचन), शौचालय, बाथरुम, घर, आँगन, करेसा र छेउछाउको सरसफाईमा राम्ररी सबैले ध्यान पु¥याउने हो भने परिवारको, व्यवसायको इज्जत बढ्ने मात्रै होइन, औषधिमा हुने खर्च कम गरे हुन्छ ।

परिवारले आहार, व्यायाम, मनोरञ्जन र उचित आराममा ध्यान दिन सके स्वास्थ राम्रो हुन्छ । सन्तुलित, ताजा एवं स्वास्थकर खाना खाने गरे र तयारी खाजा, खाना (बिस्कुट, चाउचाउ, चिप्स, चिसो पेय, अधिक चिया, बजारे गरिष्ट भोजन आदि) बहिस्कार गर्दा स्वास्थ राम्रो मात्रै होइन, उपचारमा हुने खर्च घट्न जान्छ ।

  हामी सबै उपभोक्ता त हौं नै, अरुले उत्पादन गरेको सामान किन्न र प्रयोग गर्नमा हाम्रो कमाई खर्च भईरहेको हुन्छ । के हामी आफुले दैनिक प्रयोग गर्ने कतिपय सामान आपैm उत्पादन गर्न सक्छौं ?   उत्पादन नै गर्न थालेपछि अलि बढी उत्पादन गरेर अरुलाई पनि बेच्न सक्छौं ? यो अतिरिक्त आम्दानीको बाटो हुन्छ । जस्तै M  बजारमा बसेको एक जना ड्राइभर भाइले सब्जि पसलबाट सब्जिसँगै तरकारीका बेर्ना ल्याएर छेउको बाँझो जग्गामा अलिकति खनखान गरेर रोपे । पानी, मल हाले । घरमा भएकाले पनि सघाए । विरुवाको सुरक्षा गरे । अहिले आफुले खाएर उब्रिएको छिमेकीले किन्न मागे र बेच्न थाल्यौं । यसले हाम्रो जाँगर बढ्यो भन्ने अनुभव सुनाएका थिए । हेर्दा सुन्दा सानो लाग्ने यो कुरा संकटको समयमा खर्च घटाउन र अतिरिक्त आम्दानीको बाटो पहिल्याउन निकै सहायक हुन्छ । करेसाबारी, कौशीखेती गरेर ताजा, स्वच्छ तरकारी फलाउन सिकिने, सकिने हुन्छ । खर्च घटाउन र अलि धेरै उत्पादन गर्दा आम्दानी बढाउन सकिन्छ ।

 संकटको समयमा सकेसम्म उधारो लिने दिने काम नगर्ने । यसले खर्चलाई नियन्त्रण गर्न सघाउछ र ऋण तथा उधारो लगानीको बोझ कम गर्छ । धेरै युवालाई लाग्न सक्छ नेपालमा रोजगारीको अवसर एकदमै कम छ । त्यसैले यहाँ बेरोजगार भइन्छ । विदेशै जानु पर्छ । यो सरासर गलत हो । नेपालमा धेरै कामका अवसर छन् र यहाँ विदेशी (विशेष गरि भारतीय) ले काम गरिरहेका छन् । नमिलेको के हो भने कामका लागि चाहिने शीप, दक्षता र आचरणको अभावमा हामी यो रोजगारी गुमाई रहेका छौं । यो स्वीकार्ने हो भने हामीले तदनुरुपको शीप, दक्षता र आचरण विकास गर्न सक्दा यहाँ धेरै नै रोजगारीका अवसर छन् । नेपालमा खुल्ने प्राय सबै ठुला साना उद्योगमा कामदार भारतीय हुन्छन् । यो रोजगारदाताको बाध्यता हो । अहिले धेरै उद्योगहरु भारतीय मजदुर आउन नसकेका कारण बन्द छन् । यो संकटले सृजना गरेको अवसरका लागि युवाहरु तयार हुन जरुरी छ ।

 स्वतन्त्र साना व्यवसायमा पनि धेरै नै अवसर छ । यसमा पनि पहुँच बढाउन, शीप सिक्न, क्षमता विकास गर्न र तदनुरुप आचरण बनाउन आवश्यक छ । सबै खाले श्रमबाट पुर्ण बन्चित गराइएका, भएका युवा पुस्ताले औपचारिक पढाई लेखाईको क्रममा आफ्ना अभिभावक, स्कुल कलेजका शिक्षक र सहपाठीसँग मात्रै सघन संगत गरेका छन् । शुरुमा प्रमाणपत्रको दम्ब हुन्छ । यो स्वाभाविकै पनि हो । तर व्यवसायमा चाहिने शीप, क्षमता, संगत, शैली र आचरणको नितान्त अभाव हुन्छ, यस्ता युवाहरुमा । यसका लागि तयार गरेर स्वतन्त्र व्यवसायमा आउने अवसर छ युवाहरुलाई । नेपाली युवाले खासै ध्यान नदिएको यहाँको स्वतन्त्र, साना तर राम्रो आय हुने व्यवसायमा भारतीयको निकै बाक्लो उपस्थिति छ ।

 अभिभावकहरु आफ्ना पढेलेखेका छोराछोरीले सानो लाग्ने स्वतन्त्र व्यवसाय र शारिरीक श्रमको काम नगरे हुन्थ्यो भन्ने ठान्छन् । यो सोच अभिभावकले बदल्नु पर्छ । हातमा स्कुल कलेजले दिएको प्रमाणपत्र बोकेर जागिर खोज्न निस्किएका युवा वास्तवमा कुनै पनि व्यवसाय वा पेशाका लागि चाहिने कुनै शिप, आचरण, योग्यता, क्षमता नभएको केही नजान्ने पुस्ता हो । यो तितो सत्य भनिरहदा म ती कर्मशिल युृवा जसले आफ्नै पौरखले स्वरोजगार बन्न सफल भए, क्षमताले रोजगारीमा लागे र निरन्तरता दिन सफल भए वा अग्रज अभिभावकको व्यवसाय सम्हाले, म तिन प्रति उच्च सम्मान व्यक्त गर्दछु । शुरुमा स्कुल कलेजको प्रमाणपत्र पाउनुलाई नै सफलताको उत्कर्ष मान्ने नयाँ पुस्ता आपूmले प्राप्त गरेको प्रमाणपत्रमा घमण्ड गर्छन् । यो स्वाभाविक पनि हो । किनकि त्यो समयसम्म यो प्रमाणपत्र मात्रै जीवन चलाउन प्रयाप्त छैन भन्ने थाहा पाएका हुदैनन् । समयले मात्रै यिनीहरुलाई सिकाउछ । त्यो बेलासम्ममा धेरै कुरा गुमिसकेको हुन्छ । कोभिडको कहरले यो पुस्ताले आफुलाई पेशा र व्यवसायका लागि तयार हुने अवसर दिएको छ । यदि तयार हुने हो भने काम खोज्न खाडि मुलुक वा मलेशिया नै जानु पर्दैन ।

 हाम्रो समाजमा जीवन चलाउन चाहिने शिप सिक्ने युवा भन्दा गेटपासको काम गर्ने प्रमाणपत्र किन्ने युवा धेरै छन् । मैले गर्ने व्यवसायमा काम गरेको अनुभवको सिफारिस लिन आउने धेरै हुन्छन् । म दिन्न भन्छु । रिसाउछन् । तर अरुले सजिलै दिन्छन् । यो सजिलो बाटो हिँडेर युवा काहीँ पुग्दैनन् । शिप सिक्ने, मेहनत गर्ने, श्रम गर्ने र आचरण बनाउने कठिन बाटो हिँड्न आँट गर्नेले नेपालमा बेरोजगार हुनै पर्दैैन । यो अवसर युवालाई छ ।

   यो समयमा सबै भन्दा धेरै सम्भावना भएको क्षेत्र कृषि हुन पुगेको छ । चाडै प्रतिफल दिने, जति लगानीमा पनि शुरु गर्न सकिने, अलिकति शिप सिक्दा हुने, आफ्नो ठाउँ, मौसम र बजार अनुकुलको बालि रोजेर लाउन सकिने, अरु औद्योगिक उत्पादनको जस्तो बजार खोज्न धेरै टाढा जानु नपर्ने, परम्परागत शिप समेत काम लाग्ने आदि कारणले कृषिमा ठुलो सम्भावना छ । उत्पादित बस्तुलाई बजार र उपभोक्तासम्म पु¥याउदा पनि धेरैले रोजगारी पाउन सक्छन् । कृषि उपजमा आधारित साना उद्योग तथा व्यवसाय सञ्चालन गर्न सकिन्छ । विदेशबाट बर्षेनि अरबौंको खाद्यान्न, तरकारी, फलपूm, माछामासु, मसलाजन्य बस्तु आदि आयात गरेर बजारको मागलाई धान्नु परेको छ । स्थानिय पालिका, सहकारी, बैंक आदिले सानो सहयोग गर्दा धेरैले यहाँ रोजगारी पाउने अवस्था छ । युवा श्रम गर्न, सिक्न तयार हुनुप¥यो । काम गर्न लाज मान्नु भएन । काम गर्नेलाई खिसि गर्ने, होच्याउने होइन, काम नगर्नेलाई कसरी खान्छौं त काम नगरी भनेर सोध्ने र ¥याख¥याख्ती पारौं । काम नगरि खाने त कि भ्रष्टाचारी, कमिशन खोरी, मुलुकमारा हुन् कि ठग्ने, ढाँटने, चोर्ने गर्छन् । बाबुआमाको सम्पति बसिबसी खानेहरु लाछी, हुतिहारा, अल्छे, गफाडि हुन् । तिनलाई पनि किन केही काम गर्नुहुन्न भनेर ¥याख¥याख्ती पारौं । यसरी काम गर्ने र काम गर्ने मानिस सम्मानित हुने अवसर छ । युवाले यो अवसरमा आपूmलाई फिट गराउनु पर्छ । अवसरको उपयोग गर्नुपर्छ । अब करले, बाध्यताले कसैले विदेश जानु पर्दैन । तर, काम गर्नुपर्छ, श्रम गर्नुपर्छ, कामका लागि चाहिने आचरण र शिप सिक्नुृपर्छ ।

२०७७।०३।०९