निसर्ग हस्पिटलमा फुटवल खेलाडीको निशुल्क अपरेशन

निसर्ग हस्पिटलमा फुटवल खेलाडीको निशुल्क अपरेशन

धनगढी । धनगढी स्थित निसर्ग अस्पतालले हात भाँचिएर समस्यामा परेकी फुटबल खेलाडी सपना थापाको निशुल्क अप्रेसन गरेको छ । धनगढी उपमहानगरपालिका १२ जुगेडाकी फुटवल खेलाडी सपना थापाको खेल्दै गर्दा लडेर दाहिनेहात भाँचिएको थियो । हात भाचिएर उपचार गर्न समस्यामा परेकि थापाको निशर्गमा निशुल्क अप्रेसन गरिएको कैलाली जिल्ला फुटबल संघका कोषाअक्ष्य मनकामना फुटबल क्लवका अध्यक्ष डबल थापाले बताए ।

थापाको हातमा प्लेट र स्क्र -open Reduction and Platingराखीएको उपचारमा संलग्न हस्पिटलका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर श्रीराम खातीले बताए । हस्पिटलले बिपन्न परिवारलाइ छुट र आर्थिक अभाव भएकालाइ उपचारमा सहयोग गर्दै आएको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए ।