एपिएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि

एपिएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि

धनगढी । धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी विभागिय टोली एपिएफले जितेको छ । आइतबार धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल चरणको खेलमा प्रदेश नमबर१ लाई ७ विकेटले पराजित गर्दै एपिएफले उपाधी हातपारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा ६७ रन मात्रै बनाउन सकेको थियो । सुरुवाति ब्याट्सम्यान कप्तान रुबिना क्षेत्रिले ३४ र अप्सरा बेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न नसक्दा प्रदेश नम्बर१ न्यून स्कोरमा समेटिन पुगेको थियो । प्रदेश १ लाई न्यून स्कोरमा रोक्ने क्रममा एपिएफकी बलर सीता राना मगरले ३ तथा रेखा रावलले २ विकेट लिईन् ।

जीतका लागि ६८ रनको लक्ष्य पक्ष्याएको एपिएफले १४ ओभर २ बल खेल्दै जीत हाँशील गरेको हो । एपिएफका लागि ओपनर ज्योती पाण्डेयले अविजित ३७ रन बनाईन्, भने ममता चौधरीले १७ रन बनाइन् । उपाधी हात पारेसंगै एफिएफले नगद पाँच लाख तथा ट्रफि प्राप्त गरेको छ ।