दार्चुलाको महाकालीमा १० दिन विद्यालय बन्द हुने

दार्चुलाको महाकालीमा १० दिन विद्यालय बन्द हुने

धनगढी । दार्चुलाको महाँकाली नगरपालिकाले १० दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । चिसो बढेपछि विद्यार्थीलाई आवतजावत गर्न समस्या भएको भन्दै नगरपालिकाले १० दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हो । महाकाली नगरपालिकाद्वारा जारी गरिएको सूचना अनुसार पुष २५ गतेदेखि माघ ४ गतेसम्म विद्यालयको पठनपाठन बन्द हुने छ ।

बढ्दो चिसोले विद्यालय आउने बालबालिकाहरुको स्वास्थ्यमा समस्या निम्त्याउने हुँदा नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई पठनपाठन बन्द गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ । हाल नगरपालिकाभित्र ९ वटा संस्थागत र ४८ वटा सामुदायिक विद्यालय रहेका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।