माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय

माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाण्डौं । सीसीएमसीको सिफारिस बमोजिम सरकारले माघ १५ गते सम्म विद्यालय बन्द गर्ने निणर्य गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने तयारी गरिएको बताए । हामी आजै सूचना जारी गर्ने तयारीमा छौं शर्माले भने, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।

जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

सिसिएमसिसीले शिक्षा मन्त्रालयमार्फत निर्णय गराएर संघीय मामिला तथा सामान्य प्रशासन हुँदै प्रदेश र स्थानीय तहलाई सिफारिस गर्न भनेको हो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए ।