धनगढी पोष्ट बुधबार, ०१ भदौ २०७९   August 17, 2022

एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी

एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी

धनगढी । नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् ।

५ सय ८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्दी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् ।

यसैगरी एमाले दार्चुलाको सचिवमा ४ सय २२ मत ल्याएर शेरसिंह धामी विजयी भएका छन् भने, उनका प्रतिद्वन्दी गंगादत्त जोशी २ सय १२ मत ल्याएर पराजित भएका हुन् ।

एमाले दार्चुलाको सहसचिवमा खडक बडाल र चन्द्रादेवी कुँवर विजयी भएका छन् । सहसचिवमै उम्मेदवारी दिएका उमेश जोशी, दानीराम पार्की र धनबहादुर कुँवर पराजित भएका छन् ।

एमाले दार्चुला अधिवेसनका लागि छनौट भएका ७ सय ७६ प्रतिनिधी मध्य ७ सय ७ जनाले मतदान गरेका थिए । अध्यक्षमा विजयी भएका धामी दार्चुलाको नौगाढ गाउँपालिकाका अध्यक्ष हुन् ।