चौकीभित्रै प्रहरीविच कुटाकुट

चौकीभित्रै प्रहरीविच कुटाकुट

धनगढी । दार्चुलामा चौकिभित्रै प्रहरीहरीबीच कुटाकुट भएको छ । बुधबार बेलुका ७÷८ बजेको समयमा मालिकार्जुन प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो ।

प्रहरी चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच विवाद भएर झडप भएको जनाइएको छ । उक्त झडपमा प्रहरी हवल्दार मदनसिंह धामी घाइते भएका छन् । उनको हात र शरिरमा चोट लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले भने सामान्य विवाद भएको र सवै समाधान भइसकेको बताएका छन् ।