शिलादेवि कृषि सहकारीको ७ औं बार्षिक साधारणसभा सम्पन्न

शिलादेवि कृषि सहकारीको ७ औं बार्षिक साधारणसभा सम्पन्न

धनगढी। धनगढी स्थित शिलादेवि कृषि सहकारी संस्थाको ७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा उद्घाटन गर्दै सहकारी अभियानता, राष्ट्रिय सहकारी महाँसंघ लिमिटेडका पूर्व सञ्चालक तथा जिल्ला सहकारी संघ कैलालीको सल्लाहकार संयोजक भोजबहादुर बमले सहकारी संस्थालाई अब्बल बनाउन शेयर सदस्यको महत्वपुर्ण भूमिका हुने बताए । सञ्चालन समिति संगै सहकारीलाई माथी उकास्न शेयर सदस्यको चासो र रेखदेख हुनुपर्ने उनले बताए ।

उनले सहकारी संस्थालाई प्रबद्धन गर्न सरकार जिम्मेवार हुनुपर्नेमा समेत जोड दिएका छन् । अहिले तीन वटै सरकारको मातहतमा सहकारी रहेपनि सहकारीको विकासमा खास्सै काम नभएको उनले बताए ।  अभियानता बमले सहकारीका माध्यामबा मात्रै देशको आर्थिक विकास  र सामाजिक रुपमान्तरण गर्न सकिने बताए । सरकारले पनि आर्थतन्त्रको एउटा खम्बा सहकारी हो भन्दै परिभाषा गरेका छ, उनले भने, ‘तर त्यस अनुसार काम गरेको देखिदैन ।

संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन निर्जन श्रेष्ठले गरेका थिए, भने स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष उद्धवदेव भट्टले गरेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रतिनिधी नवीन क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

३७ लाख ८१ हजार शेयर पूजी रहेको शिलादेवि सहकारी संस्थाले २०७८ पुस सम्म एक करोड २६ लाख ७३ हजार दुई सय २६ रुपैंया निक्षप संकलन गरेकोमा एक करोड ५२ लाख ६७ हजार एक सय ४३ रुपैंया ऋण लगानी गरेको छ । संस्थाले आगामि बर्ष २०७८÷७९ का लागि कृषि कृयाकलाप (च्याउ खेति, लसुन खेति) गर्ने, शेयर पूजी बढाएर ८० लाख पु¥याउने लगायतका योजना सार्वजनिक गरेको छ ।