लागुऔषध सहित दुई जना पक्राउ

लागुऔषध सहित दुई जना पक्राउ

धनगढी । लागुऔषध सहित धनगढीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उपमहानगरपालिका२ का २४ वर्षीय सन्त शाह र २७ वर्षीय वसन्त ओली रहेका छन् ।

बिहीबार उनीहरुको साथबाट १ ग्राम ६ सय मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।