बालुवा भित्र लुकाएर ल्याइएको सालको काठ बरामद

बालुवा भित्र लुकाएर ल्याइएको सालको काठ बरामद

धनगढी । बालुवा भित्र लुकाएर ल्याउँदै गरेको सालको काठ सहित ट्याक्टर र चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका ७ गौडीस्थित सडकखण्डमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको से.१ त. ८८६७ नम्बरको बालुवा बोकेको ट्र्याक्टरले बालुवा भित्र लुकाएर ल्उाँदै गरेको सालको काठ बरामद गरिएको हो ।

अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बालुवाभित्र लुकाई छिपाई ओसारपोसार गरिरहेको अवस्थामा ५५ थान सालको काठ (कडी) बरामद गरेको हो ।

काठ ओसार्न प्रयोग गरिएको ट्याक्टर र ट्याक्टरका चालकलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय अत्तरीया पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।