धनगढीको चटकपुमा साथी मार्टको तेश्रो फ्रेन्चाइजी सञ्चालनमा आउदै

धनगढीको चटकपुमा साथी मार्टको तेश्रो फ्रेन्चाइजी सञ्चालनमा आउदै

धनगढी  ।  डेढ करोडको लगानीमा धनगढीको चटकपुरमा भोलि (शनिबार) देखि साथी मार्टको फ्रेन्चाइजी सञ्चालनमा आउने भएको छ । साथी मार्टको फ्रेन्चाइजी रहेको उक्त मार्टमा दैनिक उपभोग्यका सबै  बस्तुहरु उपलव्ध हुनेछन् ।

एकै ठाउमा उपभोक्ताका आवश्यकताका सबै बस्तुहरु उपलव्ध गराउने उदेश्यले  मार्ट सञ्चालनमा ल्याउन लागेको मार्टका सँचालक प्रकाश शाहले बताए । उपभोक्ताले आफना दैनिक आवश्यकताका सबै बस्तुहरु एकै ठाउमा ह पाउनु हुनेछ । शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा  साथीमार्टका सुदुरपश्चिम प्रमुख एवम चटकपुरमा सँचालन गर्न लागिएको मार्टका सञ्चालक शाहले भने उपभोक्ताहरुलाई गुणस्तरिय बस्तुहरु सहज मुल्यमा दिनछौं ।

साथीमार्टले देशभरिका लागि मार्टहरुका लागि आवश्यक बस्तुहरु कम्पनीबाट सिधै खरिद गरेर आफ्ना मार्टहरु मार्फत बिक्री गर्ने भएकोले बजारको भन्दा केही सस्तोमा उपभोक्ताहरुलाई बस्तुहरु उपलव्ध गराउने शाहले बताए । 

शाहका अनुसार साथीमार्टले २० प्रतिशत आफ्नै उत्पादनहरुे र बाकी सामानहरु सिधै कम्पनीबाट खरिद गरेर बिक्री गर्ने गरेको छ ।  

सुदुरपश्चिममा अहिलेसम्म धनगढीको चौराह, उत्तरबेहडीमा र दार्चुलामा साथीमार्टका फ्रेन्चाइजीहरु  रहेका छन् ।

एक बर्षभित्र  देशभरि २ शय फ्रेन्चाइजी पुरयाउने र सुदुरपश्चिममा  २५ फ्रेन्चाइजी पुरयाउने लक्ष्य रहेको शाहले बताए । साथीमार्टका अहिलेसम्म देशभरि ८९ फ्रेन्चाइजी रहेका छन् ।