धनगढी पोष्ट बुधबार, ०१ भदौ २०७९   August 17, 2022

प्रमुख प्रशासकिय अधिकृत नहुँदा जयपृथ्वीको कामकाज प्रभावित

प्रमुख प्रशासकिय अधिकृत नहुँदा जयपृथ्वीको कामकाज प्रभावित

बझाङ । बझाङ सदरमुकाममा रहेको जयपृथ्वी नगरपालिकामा लामो समय देखि प्रहुख प्रशासकिय अधिकृत नहुँदा सेवा ग्राही मर्कामा परेका छन् । तत्कालिन प्रमुख प्रमुख प्रशासकिय अधिकृत मंगल बहादुर शाही उप सचिबमा बढुवा भएर सरुवा भए पछि नयाँ प्रशासकिय प्रमुख जिललामा आउन सकेका छैनन् ।

असोज महिना पछि जयपृथ्वी नगरपालिकाको आर्थिक तथा अन्य कामकाज हुन सकेको छैन । कामका लागी जयपृथ्वी नगरपालिका पुग्ने सेवाग्राहीहरु रित्तोहात घर फर्कीने गरेका छन् । जयपृथ्वी नगरपालिका५ का स्थानीय बासिन्दा झलक बहादुर सिहँले आफ्नो कामका लागी दशौ पटक भन्दा बढी जयपृथ्वी नगरपालिका पुगेको तर प्रमुख प्रशासकिय अधिकृत नभएका कारण रित्तो हात फिर्ता हुनु परेको बताए ।

सम्झौता भएको रकम लिनु पर्ने थियो । पटक पटक नगरपालिका पुगेर फिर्ता हुनु परेको छ, उनले भने, ‘जती पटक नगरपालिकामा पुग्दा पनि हामीक हुनुहुन्ँन भन्छन्, प्रखुख प्रशासकिय अधिकृत नहुँदा म जस्ता धेरै जस्तो सेवाग्राहीहरु मारमा परेका छन् । यस विषयमा नगरपालिकाका जनप्रतिनिधिहरुले पनि चाँसो नदिएको उनको आरोप छ ।

जयपृथ्वी नगरपालिकाको निमित्तको जिम्मा लाल बहादुर खातीलाई दिईएकोे छ । निमित्तको जिम्मा भएको भएपनि आर्थिक अधिकार नपाएका कारण नगरपालिका भित्र हुने आर्थिक तथा अन्य कामकाजमा समेत प्रभावित भएको हो ।

स्थानीय बासिन्दा केन्द्र बहादुर विष्टले भने एउटा भएको प्रमुख प्रशासकिय अधिकृत सरुवा हुदा खेरी कि अर्कोलाई तत्कालै पठाउनु पथ्र्यो नभए सरुवा नै नगरेको भए कामकाज प्रभावित हुने नै थिएन, कित निमत्तिलाई नै सबै जिम्मेवारी दिइनु पर्दथ्यो ।

प्रमुख प्रशासकिय अधिकृत नभएका कारण योजानको कामहरु समेत लथालिङ्ग अवस्थामा रहेको जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दल बहादुर विष्टले बताए । उनले भने प्रमुख प्रशासकिय अधिकृत नहुँदा कर्मचारीहरुले तलब पाएका छैनन् ।

योजनाका काम गरेकाहरुले भुत्तानी लिन सकेका छैनन् । नगरपालिकाका सबै कामकाज लथालिङ्ग अवस्थामा छ । कर्मचारीहरु पनि कार्यलय प्रमुख नहुँदा घाम तापेर घर फर्कनु पर्ने अवस्था छ ।

यता निमित्त प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर खातीले भने केही काम प्रभावित बनेको भए पनि अहिले योजनाका कामहरु सम्झौता गर्ने प्रकृया आफुहरुले गरी रहेको बताए ।

प्रमुख प्रशासकिय अधिकृत भए सबै कामहरु सहज तरीकाले गर्न सकीने उहाँको तर्क छ । जयपृथ्वी नगरपालिका भरी झण्डै १२ सय भन्दा बढी योजना रहेका छन् ।

बझाङ जिल्ला भरी २ वटा नगरपालिका र १० वटा गाँउपालिका गरी १२ वटा स्थानीय तहहरु रहेका छन् । जस मध्ये सबै स्थानीय तहहरुमा निमित्त प्रमुख प्रशासकिय अधिकृतकै भरमा संचालन छन् ।