पश्चिमी वायु फेरी सक्रिय, तराईमा हुस्सु कायमै रहने

पश्चिमी वायु फेरी सक्रिय, तराईमा हुस्सु कायमै रहने

धनगढी । मंगलबार देखि नेपालमा पुनः पश्चिमी वायु सक्रिय बन्दा तराईमा लागेको हुस्सु कायमै रहने भएको छ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुादा मंगलबार सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार सुदूरपश्चिम स्थित पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ भने तराईमा हुस्सु कायमै रहनेछ  ।

उनका अनसार मंगलबार तराई क्षेत्र (कैलाली, कञ्चनपुर)मा दिनभर हुस्सु लाग्ने अनुमान गरिएको छ । पारिलो घाम नलाग्दा देशभरको अधिकतम तापक्रम घट्न थालेको छ । यसले चिसो बढाएको छ । अहिले नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको असर आजैदेखि हट्ने भएपनि फेरि अर्को प्रणाली आउने सम्भावना रहेकाले आगामी ३ दिनको मौसम यस्तै रहने मौसमविद् श्रेष्ठले बताए ।

उनका अनुसार मंगलबार देखि पश्चिमी वायुको अर्को प्रणाली नेपाल प्रवेश गर्ने अनुमान छ । यसपालिको हिउँदमा ठूलो वर्षा नभएपनि पश्चिमी वायुको प्रभावका कारण मौमस बद्ली भइरहेको छ ।