धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

मन्त्रिपरिषद बैठक बस्दै, स्थानीय चुनावको मिति घोषणा हुन सक्ने

मन्त्रिपरिषद बैठक बस्दै, स्थानीय चुनावको मिति घोषणा हुन सक्ने

धनगढी । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे यस अघिनै छलफल गरिसकेका छन् ।

आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री देउवा पनि जेठ ४ मा स्थानीय चुनाव गर्नेमा छन् । सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव गर्ने समझदारी गरेका थिए । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ । आजको मन्त्रिपरिषद बैठकबाट स्थानीय चुनाव मिति घोषणा हुन सक्ने सम्भावना छ ।

प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा छलफल गरेका थिए ।