धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

शुल्क वृद्धि फिर्ता गर्द ऐश्वर्यलाई विद्यार्थी संगठनको अल्टिमेटम

शुल्क वृद्धि फिर्ता गर्द ऐश्वर्यलाई विद्यार्थी संगठनको अल्टिमेटम

धनगढी ऐश्वर्य विद्या नीकेतनले एकैपटक ३० प्रतिशत शुल्क वृद्धि गर्ने गरी गरेको निर्णय दुई दिन भीत्रै फिर्ता लग्न विद्यार्थी संगठन अल्टिमेटम दिएका छन्

बढ्दो महंगि आर्थिक मन्दिका कारण नागरिकलाई दैनिकि चलाउन समस्या भइरहेका वेला शुल्क बढाउँदा झनै समस्या हुने भन्दै विद्यार्थीले आइतबार (आज)सम्म सो निर्णय फिर्ता लग्न चेतावनी दिएका हुन् । शुक्रबार संयुक्त विद्यार्थी संगठनले ऐश्वर्यका प्रिन्सिपल पीएन नीधि ओझालाई ज्ञापन पत्र बझाउँदै दुई दिन भित्रै शुल्क बढाउने निर्णय फिर्ता गर्न माग गरेका हुन्

चर्को मुल्य वृद्धि देशमा भएको आर्थिक मन्दिका समस्यामा परेका अभिभावकलाई थप आर्थिक समस्यामा पार्नु हुँदैन भन्ने हाम्रो धारणा हो, अनेरास्ववियुकी केन्द्रिय सचिवायल सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटि सचिव रक्षा बलमे भनिन्, ‘बढाइएको शुल्क फिर्ता नभए हामी कडा कदम चाल्न बाध्य हुने छौं

उनले आइतबार(आज)सम्म बढाइएको शुल्क फिर्ता गर्ने निर्णय नगरिए विद्यालयमा ताला वन्दि गर्ने देखि अन्य कार्यक्रम गरिने बताइन् विद्यार्थी संगठनको चेतावनी पछि ऐश्वर्य विद्या नीकेतले शुल्क नलगेरै (आज) आइतबार देखि परिक्षा सञ्चालन गर्दै

विद्यार्थीले दिएको ज्ञापन पत्रका बारेमा छलफल भइरहेको ऐशवर्यका प्रिन्सिपल पीएननीधि ओझाले बताए । उनले शुल्क बढाउनु ऐश्वर्यको बाध्यता रहेको बताए हामीले पछिल्लो बर्ष देखि शुल्क बढाएका थिएनौं, प्रिन्सिपल ओझाले भने, ‘तीन बर्ष सम्म लगातार शुल्क बढाइएको भए यो भन्दा धेरै प्रतिशत बढ्ने थियो, यो कुरा अभिभावकले बुझेका छन्

प्रिन्सिपल ओझाका अनुसार कोरोनाका कारण सरकारले गरेको लकडाउनमा विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गरिएको थियो तर शिक्षकलाई भने तलव उपलब्ध गराउनु परेको उनले बताए विद्यार्थीबाट शुल्क नलगेर तलव दिंदा २०७७ बैशाख देखि भदौ सम्म विद्यालयलाई दुई करोड ४१ लाख घाटा लागेको , प्रिन्सिपल ओझाले भने, ‘दुई करोडको व्याज अहिले सम्म पनि तीरिरहेका छौं, आगमी दिनमा विद्यालय सञ्चालन गर्न नै समस्या हुने देखिएपछि शुल्क वृद्धिगर्नु परेको हो

उनले प्रतिशतमा मात्रै शुल्क वृद्धि धेरै देखिएपनि संख्यामा भने धेरै नभएको बताए प्रति विद्यार्थी सय देखि सय मात्रै शुल्क बढेको बताउँदै उनले भने, ‘सरकारले शिक्षकको तलव हरेक बर्ष बढाएको , सरकारले तलव बढाउँदा ऐश्वर्यका कर्मचारीको तलव पनि स्वतः बढ्ने हुँन्छ, तर त्यसको श्रोत नहुँदा हामी समस्यामा छौं, उत्कृष्ठ शैक्षिक संस्था हुँदाहुँदै पनि सरकाबाट हामीले केही पाउँदेनौं

धनगढी उप महानगरपालिकाका शिक्षा महाँशाखा प्रमुख उप सचिव नरेन्द्र खातीले भने त्यस विषयमा स्कुल सरोकारवाला बसेर छलफल गर्न सक्ने बताए शैक्षिक शत्र सुरु हुन अगावै शुल्क बढाउने निर्णय गरिनु पर्दथ्र्यो, उप सचिव खातीले भने, ‘अहिले शुल्क बढाउँदा केही समस्या भएको हुनसक्दछ, तर नीतिगत कुरामा भने कुनैसमस्या देखिदैन