धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

सहकारी बैंकको थिङ्क ट्याङ्कमा धनगढीका जोशी

सहकारी बैंकको थिङ्क ट्याङ्कमा धनगढीका जोशी
कैलाली बहुमुखी क्याम्सका सहप्राध्यापक एवम नवजीवन सहकारीका पुर्व उपाध्यक्ष डा. जोशी

धनगढी  राष्ट्रिय सहकारी बैंक लिमिटेडले बैंकको सेवा सुविधामा थप सुधार तथा सहकारी क्षेत्रको संभावना, समस्या समाधानका लागि अध्ययन अनुसन्धान सुधारका लागि सुझाव दिने गरी सहकारी विद्वत समुह (थिंक ट्यांक) गठन गरेको सहकारी बंैकको थिङ्क ट्याङ्कमा धनगढी स्थित कैलाली बहुमुखि क्याम्पसका सहप्राध्यापक डा.गोविन्दराज जोशीलाई पनि सदस्यमा चयन भएका छन्

बिहीबार सम्पन्न सञ्चालक समितिको वैठकले विद्वत समुह गठन गरेको हो सहकारी लगायत वित्तीय क्षेत्रमा विभिन्न तहमा रहेर योगदान गरेका विशेषज्ञ तथा विषयसंग सम्बन्धित व्यक्तिहरुको सहभागितामा विद्वत समुह गठन गरिएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए

नवजीवन सहकारीका पुर्व उपाध्यक्ष जोशीले सहकारी विषयमै विद्या बारिधि गरेका छन् डा. जोशी उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको बोर्ड अफ ट्रेडका विज्ञ सदस्य समेत हुन्

विद्वत समुहका सदस्यहरुमा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्री, एशियाली ऋण महासंघका पूर्व अध्यक्ष ऋषिराज घिमिरे, विषयविज्ञ डा.भिष्म अधिकारी, डा. रामजीप्रसाद न्यौपाने, डा. दिप बहादुर रावल, सहकारी अभियानकर्मीहरु डि.बी.वस्नेत, सरिता तिम्सिना भट्टराई, रामशरण शर्मा घिमिरे, केशव प्रसाद पोखरेल, विष्णु पाठक रहेका छन्

बैंकले दिने सेवा सुविधा, कानुनी संरचनाहरु लगायत सहकारी क्षेत्रको सवलीकरणका लागि आवश्यक सुझाव तथा समन्वयका लागि विद्वत समुहसंग समन्वय गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए