धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

धनगढीमा उर्जाशील उद्यमी मेला  शुरु हुदै

धनगढीमा उर्जाशील उद्यमी मेला  शुरु हुदै

धनगढी   तीज महोत्सवको अवसरमा धनगढीमा उर्जाशील उद्यमी मेला २०७९ शुक्रवार शुरु हुदैछ महिलाहरुका प्रतिभा उजागर गर्न, नयाँ प्रतिभाको बिकासका लागि अवसर प्रदान गर्न  सुदुरपश्चिम कला प्रतिष्ठान, लायन्स क्लब अफ धनगढी टाउन क्वीन, धनगढी लेडी जेसिज हेल्प प्रालि ले संयुक्त रुपमा मेला आयोजना गर्न लागेका हुन्

तीजको बेलामा हुदै आएको सांस्कृति प्रस्तुति रमाइलोको साटो महिलाहरुको  क्षमता बिकासका सम्भावना खोजी गर्न मेला आयोजना गर्न लागिएको मेला संयोजक मेघा भट्टले बताइन् तीजमा सधै सधै खानपीन नाचगान मात्र हुन्छ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टले भनिन्यस पटक त्यस भन्दा फरक  सफल महिलाहरुलाई सम्मान गर्ने, महिलाहरुमा भएका सीप क्षमताको प्रस्तुति गर्ने अवसर जुटाएका छौं

धनगढी उपमहानगरपालिका सामाजिक बिकास मन्त्रालयको सहयोगमा भैरहेको मेलामा खुला कला प्रतियोगिता, तीज गीत प्रतियोगिता, स्थानीय उत्पादन प्रदर्शनस्थानीय खानपीन परिकार, निःशुल्क स्वास्थ्य शिविर, कलाकारद्धारा मनोरन्जनसुपक गाइजात्रा २०७९, रक्तदान शिविर, उत्प्रेरक मन्तव्य मेहन्दी कार्यक्रम हुनेछन्   मेलाका सबै प्रतियोगितामा महिलाको मात्र सहभागिता रहनेछ

मेला साउन २७ २८ गते धनगढीको बुद्ध मन्दिरमा आयोजना हुन गइरहेको

धनगढी लेडी जेसिज बर्ष २०२२ की अध्यक्ष सरस्वती भट्टले महिलाहरुको क्षमता   सफलता बाहिर ल्याउन मेला आयोजना गरिएको बताइन् महिलाहरु धेरै क्षेत्रमा सफल छन्, महिलाहरुको प्रतिभा पनि धेरै क्षेत्रमा तर त्यो बाहिर आइरहेको छैन अध्यक्ष भट्टले भनिन्त्यसैले सफल महिलालाई समाजका सामु परिचित गराउन नयाँको प्रतिभा सार्वजनिक गर्न मेला गर्न लागेका हौं

लायन्स क्लब अफ धनगढी क्वीनकी अध्यक्ष रत्ना बिष्टले  रमाइलोमा सीमित रहेको महिलाको प्रतिभालाई सार्वजनिक गर्न मेलाले पहल गरिरहेको बताइन्

हेल्पका अध्यक्ष अभेष चन्दले  सुदुरपश्चिमको मौलिक संस्कृति महिला उद्यमशीलता जोडेर मेला सँचालन गर्न लागिएको बताए

सुदुरपश्चिम कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरुले तीज महिलाको पर्व भएकोले महिलासँग जोडिएका सबै सँस्थाहरुलाई एक ठाउँमा मिलेर मेलाको आयोजना गर्न लागिएको बताए