धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022
तीज महोत्सव २०७९

प्रतिभा उजागर गर्दै उद्यमी महिला मेला सम्पन्न

प्रतिभा उजागर गर्दै उद्यमी महिला मेला सम्पन्न
उद्यमी महिला मेलामा तीज गीतमा सामुहिक नृत्य गर्दै धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना

धनगढी । तीज महोत्सवको अवसरमा धनगढीमा आयोजीत उर्जाशील उद्यमी मेला २०७९ समापन भएको महिलाहरुका प्रतिभा उजागर गर्न, नयाँ प्रतिभाको बिकासका लागि अवसर प्रदान गर्न सुदुरपश्चिम कला प्रतिष्ठान, लायन्स क्लब अफ धनगढी टाउन क्वीन, धनगढी लेडी जेसिज हेल्प प्रा.लि. ले संयुक्त रुपमा मेला आयोजना गरेका हुन्

कार्यक्रम समापनका अवसरमा बोल्दै धनगढी उप महानगरपालिकाकी उप मेयर कन्दकला रानाले महिलाद्वारा निर्माण गरिएका वस्तुको संरक्षण बजारीकरण गरिने प्रतिबद्धता जनाइन् उनले महिलालाई उद्यमसिलता संग जोडेर आयआर्जनका काममा जोड्न यस्ता प्रतियोगिता आवश्यक रहेको बताइन्

सुदूरपश्चिमका समुदायहरु सीपमा अगाडी भएपनि ती सीपको सदुपयोग भने नभएको बताउँदै उप मेयर रानाले सामुदायिक शिपको सदुपयोग गर्नेगरी काम हुनपर्नेमा जोड दिइन् महिलालाई उद्यमी बनाएर लैजाने नगरपालिकाले नीति लगेको ,’ रानाले भनिन्, ‘सो कार्यक्रममा सवै समुदायका महिलालाई जोडेर हामी अगाडी बढ्ने छौं

धनगढी उप महानगरपालिकाले एक वडा एक उत्पादनको कृषि नीति लगेको बताउँदै उप मेयर रानाले सो नीति अन्तरगत बीउ खाद्यका लागि नगरपालिकाले पहल गर्ने बताइन्

मेला संयोजक मेघा भट्टको अध्यक्षतामा भएको समापन कार्यक्रम सञ्चालन सुदुरपश्चिम कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरुले गरेका हुन्, भने धनगढी लेडिज जेसिज २०२२ अध्यक्ष सरस्वती खड्काले स्वागत मन्तव्य तथा लायन्स क्लव अफ धनगढी क्वीनकी अध्यक्ष रत्ना विष्टले धन्यवाद ज्ञापन गरिन्

धनगढी उपमहानगरपालिका सामाजिक बिकास मन्त्रालयको प्रवर्दनमा भैरहेको मेलामा पहिलो दिन खुला नृत्य प्रतियोगिता, गायन, खानाका परिकार, स्वास्थ्य परिक्षण सुपक गाइजात्रा प्रस्तुत गरिएका थिए, भने दोश्रो दिन गायन, नृत्य प्रतियोगिता तथा अन्य तीज विशेष कार्यक्रम सँचालन गरिएका थिए

नृत्य गायन प्रतियोगिताका बिजयी पुरस्कृत

नृत्य गायन विधामा उत्कृष्ट महिला पुरस्किृत तीज महोत्सवको अवसरमा धनगढीमा आयोजीत उर्जाशील उद्यमी मेला २०७९को अवसरमा आयोजित गायन नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय तथा सान्तवना स्थान प्राप्त गर्ने प्रतियोगिलाई मेला समापनका अवसरमा पुरस्कार सहित सम्मान गरिएको नृत्य विधामा मनिसा सिंह प्रथम, प्रिङ्का कुवर द्धितीय पुष्पा बडैलालाले तृतीय स्थानको पुरस्कार राशी पाइन् भने, जेभीका सिलाधर, सकृष्टि बोहराले सान्तवना पुरस्कार पाइन्

यसैगरी तीज गित प्रतियोगितामा सहभागि मध्य सरस्वती भट्टराईलाई प्रथम गौरि ओझालाई द्धितीय प्रतियोगिका पुरस्कार प्रदान गरिएको दुवै विधाका उत्कृष्ट प्रतियोगिलाई धनगढी उपमहानगरपालिकाकी उप मेयर कन्दकला रानाले प्रमाणपत्र तथा नगद राशी प्रदान गरिन्

कार्यक्रम सँचालन सुदुरपश्चिम कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरुले गरेका थिए