धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

एलपीएल–७ का लागि टिकेटिङ्ग पार्टनर बन्यो आईएमई डिजिटल सोलुसन

एलपीएल–७ का लागि टिकेटिङ्ग पार्टनर बन्यो आईएमई डिजिटल सोलुसन

धनगढी । कैलालीको धनगढीमा आगामी कार्तिकमा सञ्चालन हुने विद्यालय स्तरीय यु१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग७को टिकेटिङ्ग पार्टनर आईएमई डिजिटल सोलुसन लिमिटेड रहने भएको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र आईएमई डिजिटल सोलुसन लिमिटेडका सुदूरपश्चिम इन्चार्ज जगदीश अवस्थीबिच आज उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

आसन्न संस्करणदेखि एलपीएलमा लानुहुने टिकटको सम्पूर्ण व्यवस्थापन आईएमई पे मार्फत गरिने छ । एलपीएलको सातौँ संस्करण आगामी कार्तिक १३ गतेदेखि धनगढीमा सञ्चालन हुने छ । सातौँ संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमलाई सहभागी गराइने शाहीले बताए । प्रत्येक टिमले ४ जना खेलाडी यु१९ उमेर समूहका विद्यालय बाहिरका समेत राख्न पाउने व्यवस्था छ ।

सातौँ संस्करणको विजेताले २ लाख ५१ हजार १ सय ५१ तथा उपविजेताले १ लाख २५ हजार १ सय २५ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलले जनही १५ हजार, उदीयमान खेलाडीले ७ हजार ५ सय तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।