धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

अक्सफोर्डले मनायो बालदिवस

अक्सफोर्डले मनायो बालदिवस

धनगढी । धनगढी४ स्थित अक्सफोर्ड युनिभर्स रेडिक्स माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरी ५८औं बाल दिवस मनाएको छ ।

बाल अधिकारको सुनिश्चितता गर्दै बालबालिका प्रति सम्मान प्रकट गर्नका लागि दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको अक्सफोर्डका प्रिनिसपल लोकराज पन्तले बताए ।

अक्फोर्डले बाल दिवसका अवसरमा बुधबार बिहान बाल अधिकारका बारेमा विद्यार्थीलाई जानकारी गराउनका साथै बाल अधिकार सुनिश्चितताका लागि  नेपाल सरकारले हस्ताक्षेर गरेको अन्तराष्ट्रि सन्धीका बारेमा जानकारी गराइएको प्रिन्सिपल पन्तले बताए ।

अक्सफोर्डले दिवसकै अवसरमा नृत्य तथा सांगितिक कार्यक्रम समेत सञ्चालन गरेको थियो । बालदिवसका अवसरमा अक्सफोर्डले विगत देखिनै विभिन्न कार्यक्रम गर्दै आएको छ, प्रिन्सिपल पन्तले भने, यस बर्ष परिक्षाको मिति नजिकै रहेका कारण सामान्य रुपमा बाल दिवस मनाएका छौं ।