धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

बाल दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

बाल दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

धनगढी । कैलालीसहित देशभरी ५८औं राष्ट्रिय बालदिवस भव्यताका साथ बुधबार मनाइएको छ । ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदाबी सरकार’ भन्ने मुल नाराका साथ धनगढीमा विविध कार्यक्रम गरि मनाइएको हो ।

धनगढीस्थित हिलवल्र्ड इग्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्तुति कार्यक्रम गरेको छ । विद्यालयको प्राङ्गणमा विद्यालयमा रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्तुत गरेको हो । कक्षा १० सम्मका विद्यार्थीहरुले नाटक, वक्तित्वकला, कविता लगायत विभिन्न प्रतिभाहरु देखाएका थिए । 

विद्यालयका संस्थापक मेनुका धितालको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका प्रिन्सीपल डिआर शर्मा प्रमुख अतिथि रहेका थिए । बालदिवसमा प्रतिभाबाट उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको उनले बताए ।

विद्यालयका शिक्षक भरत कटुवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन बसन्त धमालाले गरेका थिए ।

यस्तै, दिवसको अवसरमा बाल हेल्पलाईन सिविन नेपाल, नगर बाल सञ्जाल, बास नेपाल लगायतको संयूक्त आयोजनामा धनगढीको पार्क मोडमा व्यानर तथा विभिन्न नारासहितको प्ले कार्डमार्फत सचेतनामुलक कार्यक्रम गरिएको थियो ।