धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022
सुदूरपश्चिम सरकार पुर्नगठन :

भौतिक राज्यमन्त्रीमा बुढाथोकी र आर्थिक राज्यमन्त्रीमा सोडारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दुई जना थप गर्दै मन्त्रीपरिषद पुर्नगठन गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा मन्त्री फेरबदल गर्दै पुर्नगठन गरेको हो ।
प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियूक्त गरेको हो । उनीहरुको केही मिनेटमै पद तथा गोपनियताको सपथ ग्रहण रहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए ।