धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

सुदुरपश्चिम सरकारमा जान छुटेनन् नेकपा एसका कुनै पनि सांसद

सुदुरपश्चिम सरकारमा जान छुटेनन् नेकपा एसका कुनै पनि सांसद

धनगढी सुदुरपश्चिम सरकारको छैठौं पटक पुनर्गठनसँगै नेकपा एसका सबै प्रदेश सभा सदस्यहरुले  मन्त्री बन्ने अवसर पाएका छन् शुक्रवार गरिएको पुनगर्ठनमा दुई प्रदेश सभा सदस्यले राज्मयमन्त्रीको भुमिका पाएपछि  एकीकृत समाजवादी पार्टीका १३ जना प्रदेश सभा सदस्यले सुदुरपश्चिम सरकारमा सहभागी हुने अवसर पाएका छन्

नेकपा पार्टीमा विवाद चर्किएकै बेला प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले २०७८ साल जेठ १४ गते मन्त्रीपरिषद पुर्नगठन गरेका थिए सो समयमा भौतिक पुर्वाधार विकास मन्त्रीमा दीर्घ बहादुर सोडारी राज्यमन्त्रीमा चुनकुमारी चौधरी, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पुर्णा जोशी, सामाजिक विकास मन्त्रीमा लाल बहादुर खडका, राज्यमन्त्रीमा मना कुमारी साउदलाई नियुक्त गरेको थियो

नेकपा एमाले विभाजन भई माधव कुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन गरिएको थियो नेकपा एस प्रदेशमा सबै भन्दा ठुलो दल बनेपछि नेकपा एमाले रोजेका प्रकाश बहादुर शाह अर्चना गहतराजले आर्थिक मामिला मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएका थिए

२०७८ सालमा असोज गते आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ राज्यमन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त भएका थिए

केन्द्रमा गठबन्धनको सरकार रहे पनि प्रदेशमा नेपाली काँग्रेस, जनता समाजबादी पार्टीको सरकारमा सहभागिता नभएको भन्दै विरोध भएको थियो नेपाली काँग्रेसलाई सरकारमा समावेश गर्न मुख्यमन्त्री भट्टले मन्त्रीपरिषद २०७८ चैत २५ गते पुनर्गठन गरेका थिए सो क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली काँग्रेसबाट रण बहादुर रावल, सामाजिक विकास मन्त्रीमा गोविन्द बहादुर बोहरा सामाजिक बिकास राज्यमन्त्रीमा टेक बहादुर रैका नियुक्त गरेको थियो

यस्तै, एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्रीमा प्रकाश बहादुर रावल राज्यमन्त्रीमा अमर बहादुर साउद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुन कुमारीलाई हटाउँदै कुलविर चौधरीलाई नियुक्त गरिएको थियो

अहिले प्रदेश तथा प्रतिनिधी सभा सदस्यको निर्वाचन नजिकिएसंगै एकीकृत समाजवादी पार्टी छोड्दै पुनः नेकपा एमालेमा फर्कने लहर चलिरहेका बेला मुख्यमन्त्री भट्टले एसका दुई प्रदेश सभा सदस्यलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् आर्थिक मामिला राज्यमन्त्रीमा बल बहादुर सोडारी भौतिक पुर्वाधार राज्यमन्त्रीमा सुशिला बुढाथोकीलाई नियुक्त गरेको

यसअघि प्रदेश सरकार पहिलो पटक २०७४ साल फागुन गते गठन भएको मन्त्रीपरिषदबाट एकीकृत समाजवादी पार्टीकी माया भट्टले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी थिइन् 

एकीकृत समाजवादीमै रहेकी दुर्गा विकलाई पार्टीले संसदीय दलको प्रमुख सचेतक बनाएको थियो

एस छोड्दै प्रदेश सभा सदस्य

एकीकृत समाजवादी पार्टी रोजेका प्रदेश सभा सदस्यहरु पार्टी परित्याग गर्दै अन्य पार्टीमा प्रवेश गर्न लागेका छन्

एसबाटै आर्थिक मामिला मन्त्री बनेका तारा लामा तामाङ भौतिक पुर्वाधार राज्यमन्त्री कुलबीर चौधरी नेकपा एमालेमा फर्केका छन् भने एकीकृत समाजवादी पार्टीकी प्रमुख सचेतक रहेकी दुर्गा विक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन्