धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

महिलालाई उद्यमी बन्न आग्रह

महिलालाई उद्यमी बन्न आग्रह

धनगढी । गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा रोकायाले महिलालाई उद्यमी बन्न आग्रह गरेकिछन् ।

महिला उद्यमी भएमात्रै समाज र देशको विकास हुने भन्दै उनले उद्यमी बन्न चाहने महिलालाई स्थानीय तहबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गरिन् ।

आइतबार गोदावरीमा सम्पन्न स्थानीय स्तरमा गठित समुहका महिला सदस्यलाई उद्यमशिलता विकास तालिममा उप प्रमुख रोकायाले तालिम लगेपछि त्यसलाई व्यवहारमा लागु गर्नुपर्ने बताइन् । तालिम लगेपछि त्यसको सदुपयोग गर्दै महिलाले उद्यमशिलतामा लागनु अपरिहार्य छ, दलित महिला संघ फेडोले अयाोजना गरेको तालिममा रोकायाले भनिन्, ‘महिला उद्यमशिलतामा जोएपछि मात्रै राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गर्न सक्छन् ।

स्थानीय तहले गर्ने काम फेडोले गरेको भन्दै उनले संस्थालाई धन्यवाद दिइन् । योकाम स्थानीय तहले गर्नुपर्दथ्यो, रोकायाले भनिन्, ‘तर हामीले यस पटक त्यती धेरै काम गर्न सकेका छैनौं, संघ संस्थाले गरेपछि महिलाले त्यसलाई सदुपयोग गर्नुपर्छ ।

तालिमका प्रशिक्षक झुम अधिकारीले महिलालाई उद्यमी बन्न फेडोले सहज गरेको बताए । फेडोकै पहलमा गाउँगाउँमा महिला कोष पनि स्थापना गरिएको रहेछ, अधिकारीले भने, ‘उद्यमी बन्न चाहने महिलाले सो कोषबाट ऋण लगेर काम गर्न सक्ने रहेछन्, थोरै लगानी भएपनि महिलाले कामको थालनी गर्दा भविश्यको आधार बन्न सक्दछ ।

बैंकबाट ऋण नपाएर हैरानी खेप्नु परेका वेला दलित महिला कोषको सदुपयोग गर्न उनले सुझाव दिए ।

उनले आर्थिक सम्वृद्धि नभई महिलाहरुलाई राजनीतिमा आउन सजिलो नभएको बताए । त्यसका लागि पहिला उद्यमी बन्नुहोला, उनले भने, ‘आफु सक्षम भएपछि अन्य क्षेत्रमा लाग्न पनि सजिलो हुने छ ।

तालिममा सहभागि सानू बिकले व्यवसाय सञ्चालन गर्दा कसरी काम गर्ने भन्ने बारेमा राम्रो ज्ञान हाँशील गरेको बताइन् । पूजी भएपनि त्यसलाई परिचालन गर्न नसक्दा धेरै व्यवसायी पलायन हुने गरेका छन्, उनले भनिन्, ‘त्यसैले पूजीको सहति परिचालन गर्नु महत्वपूर्ण हुने रहेछ, जुन फेडोले प्रदान गरेको तालिमबाट सिक्न पाइरहेका छौं ।

फेडोले दिएका विभिन्न तालिमका कारण आफु समाजमा बोल्न सक्ने भएको उनले बताइन् । फेडोले दिएको तालिमका कारण आफु अहिले सहकारी हाक्न सक्ने भएको उनले बताइन् ।

सहभागि इन्द्रा नेपालीले पनि फेडकोले प्रदान गर्ने तालिमका कारण आफुहरु व्यवसायमा सफल भएको बताइन् । फेडोले गठन गरेको कोषबाट ऋण लगेर म जस्ता धेरै महिला ससानो पूजी लगानी गरेर व्यवसायी बन्न सफल भएका छौं, उनले भनिन्, ‘व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने बारेमा प्रदान गरिएको तालिमले हामीलाई व्यवसायीक नीतिका बारेमा समेत जानकारी भएको छ ।

फेडो कैलालीकी अध्यक्ष तथा केन्द्रिय सदस्य सविना सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन फेडो कैलालीकी सचिव अम्बिका ताम्राकाले गरिन् ।