धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

विभिन्न कार्यक्रम गरी अक्फोर्डमा संविधान दिवस मनाइयो

विभिन्न कार्यक्रम गरी अक्फोर्डमा संविधान दिवस मनाइयो

धनगढी धनगढी स्थित अक्सफोर्ड युनिभर्स रेडिक्स माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको

विद्यालयका प्रिन्सिपल लोकराज पन्तका अनुसार संविधान दिवसका अवसरमा बक्तित्वकला, म्यूजिकल चेयर प्रतियोगिता र गायन प्रतियोगिता सञ्चालन गरिएको छ ।
जस अन्तरगत  कक्षा ६ देखि १० सम्मका विद्यार्थी विच गरिएको बक्तित्वकला प्रतियोगितामा निशा पान्डेय प्रथम, लक्ष्मी जोशी द्धितीय, अनुस्का बडू तृतीय युगदीप ओलिले सान्तवना पुरस्कार पाएका छन्

संविधान दिवसकै अवसरमा विद्यालयमा गरिएको गायन प्रतियोगितामा टजेन चौधरी प्रथम, धनुष खडायत द्धितीय पवन भट्ट तृतीय भएका छन्

दिवसका अवसरमा गरिएको कक्षा गत म्यूजिकल चेयर प्रतियोगितामा नर्सरीका रितेश सावद, एल केजीका अनुस्का ऐर युनिसा रोकाया, यू केजिका श्रवण कार्की, कक्षा का अरुन कुवर सुकृती राना तथा कक्षा का कन्चन सिंह प्रथम भएका प्रिन्सिपल पन्तले बताए

अक्सफोर्ड युनिभर्स रेडिक्स माध्यामिक विद्यालयलेले पढाईका अलावा विद्यार्थीलाई सास्कृतिक तथा सामाजिक मुल्य मान्यता संगसम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको अक्सफोर्डले  अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीलाई जीवन उपयोगी शिप सिकाउदै आएको