धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

दुई जना मृत भेटिए

दुई जना मृत भेटिए

धनगढी । कैलालीका छुट्टा छुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका१२ धनगढी उपमहानगरपालिका मा एक/एक जना मृत भेटिएका हुन्

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक  वेदप्रकाश जोशीका अनुसार गोदावरी१२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन्

बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको थिए घटना शंकास्पद रहेको भन्दै प्रहरी प्रबक्ता जोशीले  त्यसबारेमा थप अनुसन्धान भइरहेको बताए ।बडेलाको टाउको खुट्टामा चोट लागेका

यसैगरी धनगढी स्थित कैलाली कारागार नजिकै एक पुरुष मृत भेटिएका छन् मृत फेला पर्नेमा कञ्चनपुरको कृष्णनगरपालिका का ७४ वर्षीय धनसिंह जेठारा रहेका छन्

छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए अबेरसम्म नफर्किएपछि खोजी गर्दै जादा बुधबार बिहान मृत भेटिएका प्रहरी प्रबक्ता जोशीले बताए घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको