धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

कांग्रेस नेतृ शाहद्वारा पार्टी परित्याग गरेको घोषणा

कांग्रेस नेतृ शाहद्वारा पार्टी परित्याग गरेको घोषणा

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा कांग्रेसकी नेतृ दिव्यश्वरी शाहले कांग्रे परित्याग गर्ने घोषणा गरेकिछन् ।

लामो समय सम्म पार्टीमा लागेपनि आफ्नो योगदानको कदर नभएका कारण आफुले पार्टी परित्याग गर्ने निर्णय गरेको उनले बताइन् ।

भूमिगत काल देखिनै मैले कांग्रेसको राजनीति गरेकी हुँ, शाहले भनिन्, शेरबहादुर देउवा र मैले संगै राजनीति गर्यौं, तर अहिले सम्म मेरो योगदानको कुनै मुल्याङ्कन भएन, त्यसैले कांग्रेस परित्याग गर्ने घोषणा गरेकी हुँ । कांग्रेस सभापति शेरबहादुर देउवालाई पटकपटक भेट्न खोज्दा आफुले भेट्न नपाएको भन्दै उनले देउवाका सहयोगिले समेत फोन नउठाउने र खुम्च्याउने प्रवृति लगेको बताइन् ।

नेपाली कांग्रेस परित्याग गर्ने घोषणा गरेकी शाहले आगामी राजनीति कांग्रेस विपि पार्टीबाट गर्ने बताइन् । म विपिकै शिद्धान्तलाई मान्दै आएकी छु, उनले भनिन्, ‘त्यसैले कांग्रेस विपिलाई रोज्ने छु । कांग्रेस विपिमा आफुलाई जुन ठाउँबाट उम्मेदवार बनाएपनि लड्न तयार रहेको उनले बताइन् ।