धनगढी पोष्ट बुधबार, १८ माघ २०७९   February 1, 2023

युवतिको घाटी रेटी हत्या गरेको आरोपमा सशस्त्रका जवान पक्राउ

युवतिको घाटी रेटी हत्या गरेको आरोपमा सशस्त्रका जवान पक्राउ

धनगढी बैतडीमा घाँटी रेटेर हत्या गरिएकी २१ वर्षीया माया लुहारका हत्या प्रकरणमा आरोप लागेका सशस्त्र प्रहरी का जवान भरतराम कोली कञ्चनपुरबाट पक्राउ परेका छन् सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट उनलनाई पक्राउ गरिएको हो

प्रदेश प्रहरी  कार्यालय धनगढीका सुचना अधिकारी भोलाबहादुर रावलका अनुसार  कोली आईतबार बिहान  महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ परेका हुन् उनलाई जिल्ला प्रहरी कार्यालय बैतडी  बुझाईने सुचना अधिकारी रावलले बताए

मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी पञ्चेश्वर गाउँपालिका की माया बुधबार शिवनाथ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन् उनीसँगै गएकी नेहा लुहार पनि घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते भएको अवस्थामा फेला परेकी थिइन्

मृतकका आफन्तले सशस्त्र प्रहरी जवान कोलीको नाममा किटानी जाहेरी दिएका थिए फरार रहेका उनको प्रहरीले खोजी गरिरहेको थियो। २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए