धनगढी पोष्ट बुधबार, १८ माघ २०७९   February 1, 2023

माया हत्यामा पक्राउ परेका भरतरामलाई बैतडी लगियो, अदालतबाट म्याद थप गर्ने तयारी

माया हत्यामा पक्राउ परेका भरतरामलाई बैतडी लगियो, अदालतबाट म्याद थप गर्ने तयारी

धनगढी बैतडीको पञ्चेश्वर गाउँपालिका फ्याउलीकी २१ बर्षीया माया लुहार हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका भरतराम कोलीलाई बैतडी लगिएको

आइतबार बिहान कञ्चनपुरको महेन्द्रनगरमा पक्राउ परेका कोलीलाई आइतबार राति बैतडी ल्याइ पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए

उनिमाथी आजै जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको

कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर खोजी कार्य शुरु गरिएको थियो

सशस्त्र प्रहरीको हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत कोलीले मायाको हत्या गरेको प्रमाण परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान कार्यलाई अगाडि बढाउने भएको

मंसिर १३ गते घरबाट लुगा सिलाउनका लागि पञ्चेश्वर गाउँपालिका कुलाउ गएकी माया बुधबार सम्म पनि नफर्किदा खोजी गर्दै जाँदा शिवनाथ मन्दिर नजिक उनको शव फेला परेको थियो उनीसंगै गएकी उनकी भदै १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएकी थिइन् उनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको