धनगढी पोष्ट बुधबार, १८ माघ २०७९   February 1, 2023

विद्यार्थीलाई ठक्कर दिएर फरार भएको ट्याक्टर अझै भेटिएन, विद्यार्थीको आईसियुमा उपचार हुँदै

विद्यार्थीलाई ठक्कर दिएर फरार भएको ट्याक्टर अझै भेटिएन, विद्यार्थीको आईसियुमा उपचार हुँदै

धनगढी धनगढी स्थित स्कुल जाँदै गरेकी १३ बर्षिय छात्रा सुस्मिता साउँदलाई ठक्कर दिएर फरार रहेको ट्याक्टर अझै भेटिएको छैन

आइतबार घरबाट जनता आधारभुत विद्यालय जाने क्रममा ट्याक्टरले ठक्कर दिंदा कक्षा मा अध्ययनरत १३ बर्षिय छात्रा साउँद गम्भिर भाइते बनेकि थिइन् तर ती छात्रालाई ठक्कर दिने ट्याक्टर सहित चालक भने भाग्न सफल भएका थिए

प्रहरीले ट्याक्टर चालकको खोजतलास गरेपनि हाल सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए आसपासको सीसी टिभि फुटेज हेरेर दुर्घटना भएको समयमा सो क्षेत्रमा सञ्चालन भएका ट्याक्टरलाई निग्रानी गरेर खोजिकार्य गरिरहेका छौं, जोशीले भने, ‘तर अहिले सम्म सफलता प्राप्त भएको छैन

स्थानीयका अनुसार छात्रालाई ठक्कर दिएर ट्याक्टर मोहना नदि तर्फ भागेको थियो ट्याक्टर तिब्र गतिमा भाग्दा नम्बर पहिचान गर्न नसकिएको प्रत्यक्ष दर्शिको भनाई

ट्याक्टरको ठक्करबाट गमिभर भाइते भएकि छात्रा साउँदको धनगढी स्थित निसर्ग अस्पतालको आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको प्रत्यक्ष दर्शिले प्रष्टरुपमा कुन कम्पिनिको ट्याक्टरहो भन्नेर ठम्म्याउन नसक्दा खोजतलासमा समस्या भएको हो, प्रबक्ता जोशीले भने, ‘सवै तिर प्रहरी परिचालन गरी ट्याक्टरको खोजि जारी

यस अघि गत बिहीबार धनगढी स्थित पञ्चोदय मावि कक्षा मा अध्ययनरत १६ बर्षिया चेतना साउँदको सडक निर्माणमा प्रयोग गरिएको ग्रेडर मुनि च्याप्पिएर मृत्यु भएको थियो

उनको मृत्यु पछि भएको आन्दालनका कारण दुई दिन सम्म धनगढी बजार क्षेत्र तानब ग्रस्त बनेको थियो सो घटना सेलाउन नपाउँदै फेरी स्कुल जान लागेकि बालिकालाई ठक्कर दिएर ट्याक्टर सहिच चालक फरार भएका छन्