नेपालमा बिजुली नपुगेको ठाउमा पनि इन्टरनेटको पहुँच गर्ने एक मात्र व्यक्ति हुन् महाविर पुन । पुनलाई १५ वटा हिमाली जिल्लाहरुमा इन्टरनेट सुचारु गरेको भन्दै विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।
(क्यूएए) प्रमाणपत्र प्रदान गरेको हो । समारोहमा बिश्व विद्यालय अनुदान आयोगका अध्यक्ष डाक्टर भीम प्रशाद सुवेदीले नास्ट कलेजका क्याम्पस प्रमुख शिवशरि मुडभरि सहितको टीमलाई संयुक्त रुपमा क्यूएएको प्रमाणपत्र हस्तान्तरण गरे ।
पर्यटकहरू आएर मात्र हुँदैन । उहाँहरू आएर खर्च गरेमा मात्र पर्यटक भित्रिएको महत्व हुन्छ । हाम्रो बीचमा भारतीय पर्यटकहरू आउँछन् । तर, उहाँहरूले यस क्षेत्रमा केही नदिइ जान्छन् । किनभने हामीले त्यस्तो किसिमको व्यवसायीक योजना तथा लगानी भित्र्याउन सक्ने किसिमको योजना बन्न सकेको छैन । पर्यटक आएर उहाँहरूलाई खुशी बनाउने, लगानी गर्न सक्ने, अन्य व्यक्तिलाई पनि ल्याउन सक्ने गरी स्थानीय, प्रदेश र संघ सरकारले स्थानीय नीजि क्षेत्रसंग सहकार्य गरेर काम गर्नुपर्ने देखिन्छ ।
पन्त धनगढी स्थित शारदा बिद्या निकेतन र वेष्टर्न क्रिष्टल एकेडेमीका सञ्चालन हुन् ।
शारीरिक नै असर हुनु पर्छ भन्ने होइन । जुनसुकै समस्या भएर पनि जीवनशैलीमा असर परिरहेको छ, काममा असर गरिरहेको छ भने चिकित्सक कहाँ गएर परामर्श लग्नु पर्छ ।
प्रति विद्यार्थी खर्चलाई आधार मानेर सरकारी शिक्षालाई विश्लेषण गर्ने हो भने निजि विद्यालयको तुलनामा सरकारी विद्यालयमा अध्ययन गर्ने प्रति विद्यार्थी खर्च असमान र न्यून रहेको तथ्यले देखाएको छ ।
होम क्वारेन्टाइनमा बसेको बेला ज्वरो, टाइफाइड वा यो त्यो भनेर औषधी खाएपछि उपचार गर्न हामीले पाउने चार पाँच दिन बितिसक्छ । त्यसैले होम क्वारेन्टाइन टु हस्पिटल भन्ने सिस्टम बनाउनु पर्छ । होम क्वारेन्टाइन टु मेडिकल होइन ।
सडक निर्माण पश्चात् कृषि र पशुपालनतर्फ यस क्षेत्रमा गर्न सकिने उल्लेखित सम्भाब्य उद्यम ब्यबसायहरु हुन्। माहुरी पालन, चिउरी खेति, गाईभैसी पालन, बाख्रा पालन, कुखुरा पालन, अदुवा, अलैचि, अम्रिसो, कोदो, फापर, जडिबुटि, तरकारी खेति, फलफुल खेति (कागति सुन्तला, जुनार, ओखर ) आदि ।
कहिलै गुर्र यता कहिले उता दगुर्ने, कहिले यता पस्ने कहिले उता पस्ने, कहिले चुप्पी साध्ने कहिले बुर्लुक्क उफ्रर्दै कराउने, गुटगत नेताकार्यकर्तालाई ठीक बेठीक छनोटको सुबिधा होला । त्यो चासो चिन्ता पदमा रहदा पाउने र नरहदा गुम्नेहरुमा हुनु अन्यथा हैन । राजनीतिक रुपमा यी दुबै गुटमा सैद्धान्तिक राजनीतिक बैचारिक दार्शनिक दृष्टिकोणमा तात्वीक अन्तर नरहेको र दुबै गुट बैचारिक बिचलन तथा सँसदिय भासमा अबतरित भैसकेकाले बुद्धिविलासको विषय बन्नु हुदैन, आम जनताका लागि ती प्रश्नहरुले महत्व राख्दैनन् ।
जब नीजि कम्पनीहरुले लघुवित्तको कारोवार गर्न थाले, तबदेखि नै लघुबित्तीय अभियानको मर्मको वेवास्ता गर्न थालियो र यसलाई कमाउ व्यवसायको रुपमा हेर्न थालियो । लगानीकर्ताहरुलाई यसले राम्रै मुनाफा दियो र दिईरहेको छ । धनी र मध्यम वर्गका मानिससँग कारोवार गर्ने बैंकहरुको भन्दा शेयर बजारमा अत्यधिक धेरै शेयर मुल्य यस्ता कम्पनीको हुनु यसैको प्रमाण हो ।
बिश्वका सर्बाधिक शक्तिशाली र धनि भनिएका देशहरु पनि पराजित जस्तै भएको यस अबस्थामा गरीब देशहरुको स्थिति झन कठीन भए पनि उनीहरुलाइ परिस्थिती संगै हिंडन सजिलो छ किनकी शक्तिको मादकता भएकालाइ पराजय स्वीकार्न अत्यन्त पीडादायी र लामो समय लाग्छ । तर कमजोरहरु पराजयसंगै जीबनलाई सजिलो बनाउन चाडै सिक्छन् । नेपाल जस्ता देशहरुले अब भाइरससंग लड्ने होइन, बरु यसलाई आत्मसात गरी हिड्ने हो, सरकारहरुले जन आकांक्षा अनुसार मानिसहरुले भोगेको मानसिक पिडालाइ कम गर्ने, गास बास कपासको ब्यबस्था गर्ने र शिक्षा र स्वास्थ्यलाइ युग अनुसार परिबर्तन गर्ने सुबर्ण मौकाका रुपामा यो समयलाइ लिनु पर्दछ ।
महिला हिंसा भनेको महिलामाथि गरिने विभेद, शारिरीक तथा मानसिक रुपबाट दिइने यातना, प्रतिबन्ध लगायत जुनसुकै तरिकाबाट महिलाको आत्म सम्मानमा पुर्याउने सबै किसिमको आघातलाई महिला हिंसा भनिन्छ । नेपालका सन्र्दभमा कुल जनसंख्याको आधा भन्दा बढी हिस्सा ओगटेका महिलाहरु अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको शिकार भइरहेका छन् ।
हेर्दा यस्तो लाग्छ कतिपय मानिसलाई कामको एकदमै आवश्यकता छ । परिवार धान्न काम नगरि हुदै भएको छैन । यस्ता मानिस अलिअलि साह्रोगाह्रो सहेर पनि काम गर्छन् । काममा बानि परेपछि टिक्छन् । तर घरको अवस्था ठिकै भएका, कामको बानी नपरेका, सुकिलो जागिरको कल्पना गरेका मानिसलाई काम गर्न र गराउन दुवै निकै गाह्रो हुन्छ । यस्ता मानिसको कारण संस्थाभित्र काम गर्ने संस्कार बसाउन समस्या हुन्छ । काम गर्नेहरु पनि उसले नगरे पनि वा थोरै गरे पनि भएको छ । मैले मात्रै किन धेरै काम गर्ने भन्ने मनमा पर्छ । यो प्रबृत्तिलाई बेलैमा नियन्त्रण नगर्दा काम गर्नेहरु पनि अल्छि बन्ने गर्छन् ।
बैज्ञानिक बन कथनीमा जति सुन्दर छ, करनिमा र दृश्यमा त्यस भन्दा धेरै कुरुप र कहाली लाग्दो छ । कुनै आग्रह र पुर्बाग्रह नराखी यसको कार्यबिधि र स्थलगत निरीक्षणलाई आधार मान्ने हो भने पनि यो बिनासकारी देखिन्छ । देशभित्र यसको सैद्धान्तिकरण, पुष्ट्याई, मोडेल, नमुना प्रतिरुप वा उदाहरण तयार गरी राम्रा पक्षहरुको प्रस्तुति गर्न सकिएको छैन । त्यसकारण प्राज्ञ वा आमजनताले विश्वास गर्ने आधारहरु तत्काललाई नदेखिएकाले सरकारले पुनर्विचार गर्नु पर्दछ ।
स्वास्थ्य क्षेत्रका समस्यालाई सरकारले अभिभावकको नजरबाट हेरेर समाधान गर्न ध्यान दिन सकेमा कोरोना विरुद्धको लडाईमा स्वास्थ्यकर्मीलाई झन हौसला प्राप्त हुन्थ्यो र यो लडाईलाई जित्न सहज हुन्थ्यो छ ।
नेकपाको केन्द्रिय कमिटी, स्थाई कमिटी, सचिवालयसम्म पुगेर जिम्मेवार ठानिएका नेताको झगडा र चित्त दुखाईका विषय कुर्सीको साइज, कुर्सीको पोजिसन, हाजिरी खातामा कसको नाम माथि, कसको नाम तल, कसले कसलाई सोधेन, कसले खान पायो, कसले खान पाएन, कसले पद पायो, कसले पद पाएन, कसले चार वटा पद (सांसद, पार्टीको जिम्वेवारी, मन्त्री, अध्यक्ष ) लियो, कसले तिन वटा मात्रै पायो आदि जस्ता विषय भन्दा माथि गएको छैन । भन्नलाई कालापानी, नालापानी, एमसीसी, विधि पद्धति, कोरोना, कागति पानी, बेसार पानी जे जे कुरा गरे पनि तिमीले र तिम्राले खाए अब हामीले र हाम्राले खान पाउनु पर्छ नत्र भने देखाई दिन्छौं, भन्ने नै हो ।
मिति २०७६÷१२÷१३ गतेका दिन लकडाउन सुरु भए सँगै सुरुभयो मान्छे मान्छे बीचको दुरी । उसो त भावनात्मक रुपमा धेरै पहिले देखि नै मानिस बीच दुरीहरु सिर्जना भइरहेको थियो तर लकडाउनका कारणले सुरु भयो भौतिक र सामाजिक दुरी पनि ।
पुरै रोजगारी गुमाएका केही आफ्नै श्रोत र क्षमतामा देश फर्केलान्, केहीलाई सरकारले नै उद्धार गर्नुपर्ने अवस्था छ । अप्ठ्यारोमा परेका सबैले सरकारसँग आशा गर्नु स्वभाविक हो । तर आपैm संकटमा धकेलिएको सरकारले धेरै केही गरेदेला भन्ने अवस्था छैन । त्यसैले अब के गर्ने भनेर सबैले सोच्ने र तदनुरुप कार्य गर्न आवश्यक छ ।
महाकाली सन्धि पास गर्दा पश्चिमबाट सूर्य उदाउँछ, खरबौको आम्दानी हुन्छ, देश झिलिमिली हुन्छ, भनिएको थियो नी । त्यस्तो भयो ? एमसीसीलाई विश्वास गर्ने आधार के छ र ? अहिले पुनः उनै पात्रहरु एमसीसी सँसदबाट पास गराउन मरिहत्ते गरिरहेका छन् । देश भन्दा डलर पृय लागिरहेको छ । काँग्रेसको नेतृत्व र नाम चलेका युवासम्म खुलेरै एमसीसीले देशमा चमत्कार गर्ने भन्दै हस्तक्षेप बढाउने पक्षमै देखिन्छन्, काँग्रेसमा त्यस्तो स्वभाविक मानिन्छ । तर महाकाली सन्धिपछि अहिले एमसीसीको पक्षमा तिनै कम्युनिष्टहरु जसरी ज्यान फालेर लागेका छन्, त्यो झनै खतरनाक र राष्ट्रघाती छ ।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेट बक्तव्यका राम्रा र नराम्रा पक्षहरुलाई केलाउनु नभई बजेटमा स्थानीय सरकारसँग जोडिएका बिषयबस्तु पहिचान गर्नु हो । बजेटका समग्र पक्षलाई यो सानो लेखमा समेटन नसकिने भएकोले केही प्रतिनिधिमुलक कार्यक्रमहरु र त्यसमा स्थानीय सरकारको स्थान के छ भन्ने बिषयलाई समेट्न खोजिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले ०७७ जेठ १९ गते आगामी बर्ष ०७७ ।०७८ को बार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रम ३१ पेज २५३ बुदामा ब्याख्यात्मक तथा भावनात्मक रुपमा सुन्दर ढँगले प्रस्तुत गरिएको भए पनि कार्यात्मक पक्ष भने कमजोर र महत्वाकाँक्षी छ ।
कोरोनाले हामी सबैलाई अत्याएको छ । यो स्वभाविक हो । तर के आत्तिएर मात्रै हुन्छ । अहिलेसम्म छिमेकी मुलुक भारत, पाकिस्थान, बंगलादेश जत्तिको धेरै संक्रमित र कोरोनाको कारण मृत्यु हामीले व्यहोर्नु परेको छैन ।
प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटबाट नेपालको नया नक्सा जारी गरे पस्चात धेरै नेपालीले उनलाई नेपाली राजनीतिको साहसिक पात्रको रुपमा चित्रण गरेका छन।