डोटी, कैलाली र सुर्खेतको बोगटान क्षेत्र बिगत र हालको सुदुरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीबाट नजिक भए पनि कहि पनि पक्कि बाटो नभएको र केही क्षेत्रमा बाटो समेत खुल्न सकेको छैन । त्यस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेत बीरेन्द्रनगरबाट पनि यो बोगटान क्षेत्र करीब ८० कि.मि.को दुरीमा रहेको छ । यस क्षेत्रमा निर्माणको क्रममा रहेका केही सडकहरुको अबस्था बिश्लेषणको प्रयास गरीएको छ ।
टिकापुरदेखि महेन्द्र राजमार्गको सडकपुर बौनिया कैलालीबाट चिनको ताक्लाकोट मानसरोबर लक्षित, नेपालकै छोटो -२६४ किलोमिटर _ निर्माणाधिन साबिक सेती अञ्चलको उत्तर दक्षिण राजमार्गले कैलाली, डोटी, अछाम, बाजुरा र बझाड. जिल्लालाई जोड्दछ । नेपालमा केही बर्षदेखि बिकासको मेरुदण्डका रुपमा चिनिएको सडक मार्गको बिस्तार ब्यापक हुदै आईरहेको छ ।
सेती लोकमार्ग निमार्ण भएपछि बोगटान गाउंपालिकाको केन्द्र चवराचौताराबाट कैलालीको बौनियासम्मको दुरी ८२ किलोमीटर मात्रको दुरी हुनेछ भने, सेती बुढीगंगांको सगंम महारुद्रबाट २५ कि.मि.मा अछामकै ठुलो ब्यापारिक केन्द्र, सांफेबगर एअरपोर्ट रहेको छ । त्यसो त चवराको माथि रहेको घाटफर्केमा कर्णाली र सुदुर पश्चिमप्रदेशको पहाडी क्षेत्रको बैकल्पिक बिमानस्थल पनि निर्माण गर्न सकिन्छ ।
सेती लोकमार्ग निर्माणको काम कैलालीमा सुस्त गतिमा भैरहेको छ भने , डोटीमा यसको प्रगति शुन्य प्रतिशत छ । बांकि जिल्ला बझाड., बाजुरा र अछाममा पनि सामान्य गतिमा काम भैरहेको छ ।
यो लोकमार्ग निर्माणको कामका लागि कैलालीको बौनियादेखि अछामको
साफेबगर खण्डमा स्थानिय पालिकासगं मिलेर २ बर्ष भित्र ट्रयाक खोल्न सकिन्छ
ट्रयाक खोल्न सकिने स्थान यस प्रकार छ ।
कैलालीको तल्लापानि र खिमडी क्षेत्र, डोटीको खिमडीउत्तर पिपलकुण्डा र महारुद्र
तथा अछामको चित्रे हो ।
कुल ११२ किलोमिटर रहेको यो सडककोे करीब बिच पर्ने छिडिखानमा दिपायलबाट बाटो खुलेको छ भने साबिक लाना गाबिसको केदारमा डुबाट बाटो खोल्ने कार्य तिब्र गतिमा भैरहेको कुरा निर्माण कम्पनीका ठेकेदारका चक्र बमका अनुसार अब करीब एक महिनाभित्र नै सम्पुर्ण ट्रयाक खुल्ने काम सम्पन्न हुने छ । हाल सहजपुरदेखि अत्तरकाडां क्षेत्रमा बाटो पक्कि गर्ने कार्य पनि भैरहेको छ ।
झापाको शान्तिनगर देखि डडेलधुराको रुपाल सम्मको १२०० किमि रहेको यो सडक पनि यस क्षेत्रमा निर्माणाधिन छ । सुर्खेतको बीरेन्द्रनगरबाट सुर्खेतको ताल्चा गाउं बेनीसम्म ट्रयाक खुलेको छ, भने त्यहांबाट बेनी पुग्न डोटीको सिमचौर छिडिखानबाट सडक सुस्त गतिमा ट्रयाक खोल्ने काम भैरहेको छ । सेती कर्णाली नदीको पबित्र त्रिबेणी संगम वा शिवधाम डोटी, अछाम र सुर्खेतको बिचमा रहेको छ । यो सडक बेनिसिमचौर बिपिनगर सहजपुर हुदै रुपालसम्म पुग्नेछ ।
कैलालीको धनगढीबाट दिपायल जाने दु्रतमार्ग सडकले (८२ िकमि) बोगटानको बिपिनगर हुदै जाने छ । धनगढीबाट दिपायल जाने दुरीलाई कम गर्ने यो सडकले पनि बोगटान क्षेत्रलाई समेत सहज पार्ने छ । यो सडकको पनि केही क्षेत्रमा पक्कि बनाउनका लागि टेण्डर भैसकेको छ ।
५२ किमि रहेको कैलालीको महेन्द्र राजमार्गको कनरा डोकेबजार बजाडीखिमडी सडक (पण्डौन ) यस कच्ची सडकमा नियमित रुपमा जिप बस चालु रहेको छ ।
करीब ७० किमि रहेको यो सडक प्रदेश सरकारबाट निर्माणाधिन रहेको छ ।
हालसालै नै सघिय बिकास तथा सामान्य प्रशासन मन्त्रालयले छिडिखानकानाचौर मेल्टा बेनि निर्माणका लागि DPR -बिस्तृत परीयोजना प्रतिबेदन _ तयार पार्ने काम अगाडि बढाएको छ ।