धनगढी पोष्ट शुक्रबार, ०५ असोज २०८०   September 22, 2023

कोरोनाका बिरामीहरु  अस्पतालमा ढिलो पुगेर बढी क्षति भएको छ  : डा . निराजन दत्त शर्मा

होम क्वारन्टाइन बसेको बेलामा केही अप्ठेरो भएमा नजीकैको मेडिकलमा गएर रोकथामका औषधी खाने क्रम छ ।  यसो  गर्दा लक्षण कम भएपछि मलाई सन्चो भयो कि भन्ने भान हुछ  । तर अचानक बिरामले च्यापेर अस्पताल आउदाखेखि निमोनियाले भेटिसकेको हुन्छ ।

कोरोनाका बिरामीहरु  अस्पतालमा ढिलो पुगेर बढी क्षति भएको छ  : डा . निराजन दत्त शर्मा
डा . निराजन दत्त शर्मा कन्सल्ट्यान्ट फिजिसियन एवम निमित्त प्रमुख कोरोना उपचार बिभाग सेती प्रादेशिक अस्पताल

होम क्वारेन्टिन बस्ने प्रचलन  अहिले बढी यो एउटा राम्रो पक्ष पनि हो शायद पहिलेको कोरोनाले सिकाएको पाठ पनि होला  होम क्वारन्टाइन बसेको बेलामा केही अप्ठेरो भएमा नजीकैको मेडिकलमा गएर रोकथामका औषधी खाने क्रम   यसो  गर्दा लक्षण कम भएपछि मलाई सन्चो भयो कि भन्ने भान हुछ  तर अचानक बिरामले च्यापेर अस्पताल आउदाखेखि निमोनियाले भेटिसकेको हुन्छ

होम क्वारेन्टाइनमा बस्नेहरुले केही समस्या परेमा सिधै अस्पताल पुगेर बिशेषज्ञको सेवा लिनु पर्छ होम क्वारेन्टाइनमा बसेको बेला ज्वरो, टाइफाइड वा यो त्यो भनेर औषधी खाएपछि उपचार गर्न हामीले पाउने चार पाँच दिन बितिसक्छ त्यसैले होम क्वारेन्टाइन टु हस्पिटल भन्ने सिस्टम बनाउनु पर्छ   होम क्वारेन्टाइन टु मेडिकल होइन   फेसबुकमा देखेका औषधी खाने जमाना   त्यसलाई हटाउनु पर्छ अस्पताल पुग्यो भने एउटा साधारण एक्सरे गरेर पनि धेरै थाहा हुन्छ   कोरोनाका बिरामीहरु अस्पतालमा ढिलो आएर  डाइग्नोसि मिस भएर पनि धेरै क्षति भएको   ढिलो पुग्दा धेरै जटिल बनिसकेको हुन्छ

अहिले कोरोना जटिल हुने अधिकतम केसहरु कोभिड निमोनिया नै हो कोभिड निमोनिया यति खराब भएर आउछ कि  बिरामीहरु अस्पताल आउदाखेरि नै ३० प्रतिशत फोक्सो मात्र बाकी भएर आउनु हुन्छ यो मात्रा धेरै कम हो त्यसैले पीएचसीहरुमा पनि अक्सिजनको व्यवस्था हुने हो भने धेरै जसो बिरामीहरुलाई उपचार गर्न सकिन्छ

 यस्तो बेलामा अक्सिजन सहज नभएर पनि क्षति हुनमा केही मलजल गरेको   अहिले अक्सिजनको पनि  सर्वत्र हाहाकारै आवश्यक मात्रामा अक्सिजन दिन सकेको भए कतिपय कम्प्लिेकेसनहरु अभ्वाइड गर्न सकिने अवस्था पनि हुन्थ्यो

अहिलेसम्म देखा परेको  कोभिडको औषधी भनेको अक्सिजन थेरापी हो इन्जेक्सनमा स्टेराइड हो बाँकी सबैले केही मात्रामा काम गरेको देखिन्छ ती भनेका सपोर्टिभ  थेरापी मात्र हुन्   त्यसैले होम क्वारेन्टाइनमा केही अप्ठेरो हुने बित्तिकै सिधै अस्पताल पुगेर बिशेषज्ञको सेवा लिने हो भने क्षति कम गर्न सकिन्छ

                                                        (कुराकानीमा आधारित )