धनगढी पोष्ट बुधबार, १७ असोज २०८०   October 4, 2023

टीकापुर घटना मारिएका बालकको सालिक स्थापना

टीकापुर घटना मारिएका बालकको सालिक स्थापना

धनगढी टिकापुर घटनामा मारिएका नाबालकको शालिक स्थापना गरिएको

टीकापुरमा थरुहट आन्दोलनकारी प्रहरीबीच भएको हिंसात्मक झडप भएको आठ वर्षको अवसरमा बिहीबार बालकको सालिक अनावरण गरिएको हो हिंसात्मक झपडमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित प्रहरी एक नाबालकको निर्मम हत्या भएको थियो

दुधे बालक टेकबहादुर साउँदको गोली लागेर मृत्यु भएको थियो उनको बिहीबार सालिक अनावरण गरिएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी टेक बहादुर साउँद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा स्थापना गरिएको टेकबहादुरको सालिक अनावरण गरिएको हो

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी, टेक बहादुर साउँदका बाजे जङ्ग साउँद बुवा आमाले संयुक्त रूपमा सालिक अनावरण गरेका हुन्

सालिक अनावरणपछि रेशमले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा रहेको बताएका छन् स्व. साउँदको सालिक अनावरण कार्यक्रममा साउँदका बुवा नेत्र साउँदसँग अङ्कमाल गर्दै पूर्व प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेको बताएका छन।उनले नेत्र साउँद दाइ भाइ हो उनले भने, उहाँको बच्चा मेरो पनि बच्चा हो। हाम्रो भावनामाथि खेल्ने प्रयास हुँदै मलाई जबरजस्त हत्याराको रूपमा उभ्याउन खोजियो। तर, उहाँहरुले मलाई टीकापुरलाई बुझ्नुभएको

उहाँहरूकै आर्सीवाद सद्भावले माननीय पनि भए मैले सालिक बनाउँदै गर्दामा पनि धेरैले भनेछन्, सालिक ल्याउन नलगाउनुस् त्यस्तै, उनले टीकापुरमा टाढाबाट ढुङ्गा हानेर सद्भाव खलबल्याउने काम समेत भइरहेको आरोप लगाएका छन् उनले टीकापुरमा भाद्र गते दुभाग्र्यपूर्ण घटना भएको बताए

अधिकार प्राप्तिको लागि अखण्ड थरुहट आन्दोलन भएको बताए संयोगले अखण्ड सुदूरपश्चिमको माग सम्बोधन भयो असन्तुष्ट थरुहट आन्दोलनकारी भित्र आगोको झिल्कोमा अरूले खाना पकाउने कार्य गरेको चौधरीको भनाई उनले आफू टीकापुरको विकास समृद्धि मात्रै चाहेको बताउँदै टीकापुरलाई टीकापुर बनाउनमा आफ्नो पनि लगानी रहेको उनको भनाई