धनगढी पोष्ट बुधबार, १७ असोज २०८०   October 4, 2023

सुदूरपश्चिममा एक महिनामै तीन सय जनामा देखियो डेंगु

सुदूरपश्चिममा एक महिनामै तीन सय जनामा देखियो डेंगु

धनगढी सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक महिनाको अवधिमा मात्रै तीन सय भन्दा बढी मानिसमा डेंगु संक्रमण भएको

साउनको मध्य देखि भदौको मध्य सम्म प्रदेशका वटै जिल्लामा डेंगु संक्रमण फैलिएको संक्रमण दर समेत उच्च रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा पछिल्लो एक महिनाको अवधिमा मात्रै तीन सय ३१ जनामा डेंगुको संक्रमण पुष्टि भएको अघिल्लो महिना -जुलाई_मा प्रदेश भर ५८ जनामा डेंगु संक्रमण भएकोमा अगस्टमा तीन सय ३१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका सूचना अधिकारी धर्मानन्द गिरीले बताए

उनका अनुसार पहाडी जिल्ला मध्य बाजुरामा सवै भन्दा बढी डेंगुका विरामी फेला परेका छन् दार्चुला जिल्लामा अगस्ट महिनामा मात्रै २८ जनामा डेंगु संक्रमण भेटिएको निर्देशनालयका सूचना अधिकारी गिरीले बताए अगस्टमा कैलालीमा सवै भन्दा बढी मानिसमा डेंगु संक्रमण पुष्टि भएको , सूचना अधिकारी गिरीले भने, ‘पहाडी जिल्ला मध्य बाजुरामा संक्रमण उच्च

गत बर्ष दार्चुलामा डेंगु संक्रमण उच्च रहेकोमा यस पटक भने बाजुरामा संक्रमणदर  बढी रहेको उनले बताए बाजुरा संगै सीमाना जोडिएको अछाममा पनि अगस्टमा डेंगु संक्रमण उच्च देखिएको अछाममा जुलाईमा १५ जनामा तथा अगस्टमा २१ गरी ३६ जनामा डेंगु संक्राण पुष्टि भएको

सूचना अधिकारी गिरीका अनुसार कैलालीमा अगस्टमा मात्रै सय ८८ जनामा डेंगु संक्रमण पुष्टि भएको जुलाईमा १६ जनामा मात्रै डेंगु देखिएको कैलालीमा अगस्टमा भने संक्रमण दर उच्च बनेको उनले बताए

त्यसैगरी कञ्चनपुरमा जुलाईमा २३ जनामा संक्रमण पुष्टि भएकोमा अगस्टमा भने ६२ जनामा डेंगु संक्राण पुष्टि भएको डोटीमा जुलाईमा एक जनामा मात्रै डेंगु संक्रमण भएकोमा अगस्टमा १४ जनामा संक्रमण पुष्टि भएको यस्तै डडेल्धुरामा अगष्टमा मात्रै जनामा डेंगु संक्रमण पुष्टि भएकोमा, बैतडीमा , दार्चुलामा बझाङका जनामा अगष्टमा डेंगु संक्रमण पुष्टि भएको सूचना अधिकारी गिरीले बताए

प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले डेंगु नियन्त्रणका लागि प्रदेशका सवै जिल्लामलार्भा खोज नष्ट गर अभियान सञ्चालन भइरहेको बताए सो अभियानले अहिले सम्म सार्थकता पाएको जोशीको भनाई

बर्षा संगै अत्याधिक गर्मि बढ्दा डेंगु संक्रमण तिब्र रुपमा देखिने अनुमान गरिएको थियो, उनले भने, ‘तर अहिले सम्म कुनैपनि जिल्लामा भयावह अवस्था आएको छैन, अहिले सम्म भयावह स्थिती नआउनुमा कहीन कही ‘‘लार्भा खोज नष्ट गर’’ अभियानले पनि काम गरेको देखिन्छ

सुदूरपश्चिमका सवै जिल्लामा डेंगु रोगको परिक्षणका लागि आवश्यक पर्ने किटको सहज व्यवस्था गरिएको उनले बताए त्यसका अलावा पालिकाहरुले डेंगु संक्रमण नियन्त्रण अभियान सञ्चालन गर्दा समस्या भएमा स्वास्थय निर्देशनालयबाट आवश्यक सहयोग भइरहेको उनले बताए