धनगढी पोष्ट बुधबार, १७ असोज २०८०   October 4, 2023

इट्टा व्यवसायी भन्छन् : सरकारका कारण उद्योग बन्द हुन थाले

इट्टा व्यवसायी भन्छन् : सरकारका कारण उद्योग बन्द हुन थाले

धनगढी सरकारले लामो समय देखि नयाँ निर्माणका काम नगर्दा  काम गरेको भुक्तानी समेत नदिंदा इट्टा उद्योग बन्द हुने अवस्थामा पुगेका भन्दै व्यवसायीले गुनासो गरेका छन्

निर्माण व्यवसायी लामो समय देखि निर्माण होलिडेमा बस्दा बनेका इट्टा बिक्रि नहुदा व्यवसायी मारमा परेका इट्टा व्यवसायी बताउँछन्

सरकारले कुनै काम गर्दैन, निर्माण व्यवसायी होलिडेमा छन्, नेपाल इट्टा उद्योग महाँसंका केन्द्रिय अध्यक्ष शंकर बहादुर चन्दले भने, ‘जसका कारण हाम्रा बनेका इट्टा विक्रि हुन सकेका छैनन्, यसैवेला बैंकले चर्को व्याज असुल्नथालेपछि इट्टा उद्योग बन्द गरेर व्यवसायी पलायन हुन थालेका छन्

उनले सरकारको नीति व्यवसायी मैत्री नहुदा यस्तो समस्या भएको बताए उद्योग दर्ता गर्न मात्रै एक बर्ष लाग्छ, शनिबार धनगढीमा सम्पन्न नेपाल इट्टा उद्योग महाँसंघ सञ्चनपुरको प्रथम अधिवेसन तथा साधारणसभामा अध्यक्ष चन्दले भने, ‘दर्ता भएपछि तीन वटै सरकारलाई कर बुझाउनु पर्छ, सरकारले हामीमाथी अपराधीको जस्तो व्यवहार गर्छ, यो उद्योग मैत्री नीती हैन, यसबारेमा सरकारका मन्त्री गम्भिर हुनु जरुरी

सरकारको नीतिका कारण पछिल्लो समय इट्टा व्यवसायीले भट्टामा कोईला प्रयोग गर्ने गरेको चन्दको भनाई तर भारतबाट आयाता हुने कोईलाको गुणस्तर मापन हुन नसक्दा इट्टा व्यवसायीलाई कोइलापनि महंगो पर्न थालेको उनले बताए भन्सारमा कोईलाको गुणस्तर परिक्षण गर्ने मेसिनको व्यवस्था भए इट्टा व्यवसायीलाई आर्थिकभार कम पर्ने उनले बताए

नेपाल इट्टा उद्योग महाँसंघका केन्द्रिय सल्लाहकार बलदेव बडालले सडकको नाला निर्माण गर्दा त्यसको पर्खालमा इट्टा लगाइनु पर्ने नीति निर्माण गर्न सरकारसंग माग गरे नालीको पर्खाल मसिनो सरिया, गिट्टी सिमेन्टले बन्ने गरेको भन्दै उनले त्यसतो नाली वातावरणिय देष्टिले पनि राम्रो नभएको दिगो पनि नहुने बताए तर इट्टाको नाला निर्माण गर्दा सयौं बर्ष सम्म टिक्न सक्ने हुने वातावरणमा कुनै प्रभाव नपर्ने उनले बताए

उनले राम्रो इट्टा बनाउने व्यवसायीलाई प्रोत्साहन नराम्रो इट्टा बनाएको पाइए त्यसता व्यवसायीलाई कारवाही गर्ने व्यवस्था हुनुपर्नेमा समेत जोड दिए

सल्लाहमार शिवराज पाण्डेयले नेपालमा उद्योगको नाममा इट्टा उद्योग मात्रै बाँकी रहेका ती उद्योग पनि बन्द हुने अवस्थामा रहेका बताए कच्चा पदार्थको अभाव, दक्ष मज्दुर नपाइने, झण्झटिलो सरकारी नीति जस्ता कारणले इट्टा उद्योग संकटमा परेका उनले बताए

कञ्चनपुर इट्टा व्यवसायी संघका अध्यक्ष कृष्नबहादुर तामाङले भुसे ईट्टालाई सरकारले संरक्षण दिएको आरोप लगाए अदालतबाटै भुसे इट्टा बन्द गराउन सरकारलाई निर्देशन भएको , उनले भने, ‘तर अहिलेपनि भुसे इट्टा निर्वाध सञ्चालन भइरहेका छन्, सरकारी संरक्षण नपाएर यस्तो हुदैन उनले भुसे इट्टा उद्योग चलाउन दिने सरकारको मनसाय भए करको दायरामा ल्याएर अनुमति सहित सञ्चालन  गर्न दिइनु पर्ने बताए