धनगढी पोष्ट बुधबार, १७ असोज २०८०   October 4, 2023

स्वस्तिकले पायो स्वास्थ्य सेवा सञ्चालन गर्ने अनुमति

स्वस्तिकले पायो स्वास्थ्य सेवा सञ्चालन गर्ने अनुमति

धनगढी । धनगढी स्थित स्वस्तिक अस्पतालले १५ शैय्याको अस्पताल सञ्चालनको अनुमति पाएको छ ।
बुधबार धनगढी उप महानगरपालिकाले स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालिलाई १५ शैय्याको अस्पताल सञ्चालनाके अनुमति दिएको हो । मंगलबार जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्दा स्वस्तिक अस्पताल दर्ता विनानै सञ्चालनमा रहेको भेटाएपछि तत्काल सेवा बन्द गर्न निर्देशन दिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा स्वस्तिक र सञ्जिवनि अस्पताल दर्ता विनानै सञ्चालन भएको पाएएपछि बुधबाु देखिनै सेवा बन्द गर्न निर्देशन दिइएको थियो । बुधबार स्वस्तिकले भने धनगढी उप महानगरपालिकाबाट १५ शैय्याको अस्पताल सञ्चालन गर्नपाउने गरी अनुमति पाएपछि अव सेवा बन्द गर्नुपर्ने अवस्था आउने छैन । 
स्वास्थ्य ऐन अनुसार एसानीय तहले १५, स्वास्थय निर्देशनालयले २५ शैय्या सम्मको अस्पताल सञ्चालनको अनुमति दिन पाउने व्यवस्था रहेको छ । स्वस्तिकले २५ शैय्याको अस्पताल सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयमा निवेदन दिइएको थियो । स्वास्थ्य निर्देशनालयले भने अस्पतालको अवस्था अध्ययन नसकिएको भन्दै सेवा सञ्चालनको अनुमति दिएको थिएन ।